साझा नेटवर्क
कमल पौडेल, बागलुङ आषाढ २७।
नेकपा एमाले रणसिंहकिटेनी बागलुङको आयोजनामा नव प्रवेशिलाई सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य शान्ति अधिकार, जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचन, जंग वलाल, क्षेत्रिय सदस्य यम श्रीस, नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्रिय सदस्य राजेन्द्र कुमार श्रीस, अनेमसंघ क्षेत्रिय सदस्य टिका पाईजा, युवा संघ रणसिंहकिटेनीका अध्यक्ष टोप वहादुर वलाल, दलित अगुवा हर्कलाल वि.क., जित वहादुर श्रीस, नव प्रवेशि भिम वहादुर वलाल लगाएतले वोल्नु भएको थियो ।
कार्यक्रममा भिम वहादुर वलालको नेतृत्वमा राष्ट्रिय जनमोर्चावाट एमालेमा प्रवेश गरेका १३ जनालाई स्वागत गरिएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला कमिटि सदस्यमा मनोनित हुनुभएका जंग वहादुर वलाललाई गाउँ कमिटि रणसिंह किटेनीको तर्फवाट सम्मान गरिएको थियो । कार्यक्रम नेकपा एमाले रणसिंहकिटेनी गाउँ कमिटिका अध्यक्ष भागिरथ काउचाको अध्यक्षता, झलिराम वि.क.को स्वागत मन्तव्य तथा सचिव जिवन प्रकाश काउचाको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend