साझा नेटवर्क
संगिता कुवँर, टोकियो आषाढ २६।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको भानु जयन्तीको अवसरमा ३७ औं नियमित साहित्यिक शृंङ्खला मुक्तक संग्रह “बाडुल्की र यादहरू” कृति बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
चितवनमा जन्मिएर हाल जापानमा रहनुभएका संस्थाका सचिव श्रष्टा अरुण पौडेलद्वारा लिखित कृति आईतबार टोकियोमा बिमोचन भएको हो । नवपुस्ताका आशालाग्दा मुक्तकारका रुपमा छवि बनाउनुभएका अरुणका १८० मुक्तक समावेश छ्न् । नेपाली जिवन र संस्कृतिको संझना प्रकृति प्रतिको अनुराग समेटिएका मुक्तक कृति भित्र छन् । बिमोचन कार्यक्रममा उपस्थित श्रष्ठाका साहित्यीक प्रस्तुतीले थप कार्यक्रम साहित्यमय भएको थियो ।
नेपाली राजदुतावास जापानका लागी कार्यवाहाक राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अातिथ्यता रहेको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुदन थापा, अनेसास केन्द्रीय उपाध्यक्ष प्रकास पौडेल “माईला” एनआरएनए आईसिसी सदस्य भुषण घिमीरे लगाएतको बिषेश उपस्थीति रहेको थियो ।
कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष विष्णु प्रसाद घिमीरेको अध्यक्षता एवम महासचिव दिप पाठकको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा साहित्यकारको उल्लेखिय उपस्थितिरहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend