साझा नेटवर्क

साझा नेटवर्क,तोचिगी जापान फागुन ५ ।
नेपाल तामाङ समाज जापान क्षेत्रीय समिती किताकान्तोले तोचिगी स्थित लाफा रेष्टुरेण्टमा आयोजना गरेको ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा आजै मात्र नेपाल बाट जापान आइपुग्नुभएका नेपाल अन्तराष्ट्रीय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ संघीय सचिवालय विदेश विभाग प्रमुख श्री टासी लामाको प्रमुख आतिथ्यता र नेपाल तामाङ समाज जापानका केन्द्रीय महासचिव हिमाल लामा वाइवाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका अन्य अतिथीहरुमा नेपाल वाट आमान्त्रित राष्ट्रीय तथा अन्तर्राष्ट्रीय रुपमा ख्याती प्राप्त गायक रोज मोक्तान,नेपाल तामाङ समाज जापानका सलाहकार हवल चन्द लामा,नेपाल तामाङ समाजका केन्द्रीय उपा-अध्यक्ष सरोज थिङ तामाङ,नेपाल मजदुर संघ जापानका अध्यक्ष पदम गुरुङ,रोज मोक्तानका जिवनसंगीनी सिर्जना मोक्तान र नेपाल तामाङ समाज जापानका सजिना मोक्तान रहेका थिए ।
कार्यक्रममा स्थानीय दृष्टी व्याण्डका कलाकारहरुको जोशिला प्रस्तुती का साथै अतिथी कलाकार रोज मोक्तानले तोचिगीवासी लाई भरपुर मनोरन्जन दिलाएका थिए । कार्यक्रम किताकान्तो क्षेत्रीय समितीका अध्यक्ष कुलमान तामाङको सभापतित्व र सचिव आदर्श थोकारको संचालनमा भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend