साझा नेटवर्क
उद्धव मगर, कतार ।
कतार नेपाली एकता समाज सलता एरिया समितिको भेला शुक्रबार भव्यरुपमा सम्पन्न गरेको छ । एरिया समिति अध्यक्ष शालिक राम पुनको अध्यक्षता प्रमुख अतिथी केन्द्रिय सचिवालय सदस्य लुमाकान्त पुन, विषेश अतिथी केन्द्रिय सल्लाहाकार सत्य बहादुर पुन उपस्थिती रहेको कार्यक्रममा एरियाका सचिव तेजविर घर्ती मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने यस भेलाले ९ पुर्ण सदस्यीय ३ सल्लाहाकार गरी जम्मा १२ सदस्सीय सलता एरिया समिति गठन भएको छ ।
जसमा पदाधिकारीहरु निम्न रहेको छ, अध्यक्ष, मिन बहादुर वि.क–(प्युठान) उपाध्यक्ष, बोम बहादुर बुढा, (प्युठान) सचिव,तेजविर घर्ती मगर (प्युठान) कोषाध्यक्ष , डिल बहादुर वि.क –(प्युठान) सदस्य, केशर पुन,(प्युठान) होम बहादुर थापा, (तनहुँ) अगनु चौधरी, (दाङ) मिन बहादुर पुन,(दाङ) तेज बहादुर घर्ती,(दाङ) सल्लाहाकार सत्य बहादुर पुन (दाङ) लुमाकान्त पुन (दाङ) मिन राज पुन (दाङ) रहेको छ ।
भेलाका प्रमुअ अतिथी लुमाकान्त पुनले समसामयिक विषयसस्तु तथा संगठन सम्बन्धी धारणा राख्नु भएको थियो । संगठनको धारणा राख्दै प्रमुअ अतिथी लुमाकान्त पुनले भन्नु भएको छ ।
कतार नेपाली एकता समाज १९९९ देखि गठन भए यता दुई दशक पार गर्ने क्रममा धेरै आरोह अबरोहका बीचमा पनि निरन्तर अगाडी बढेको र कतार नेपाली एकताले लिएको निती नै आम मजदूर वर्गहरुको लागी हितमा रहेको वताउदै आगामी दिनहरुमा यस समितिमा जिम्मेवारी पदमा रहेर काम गर्ने सम्पूर्ण पदाधिकारीहरुलाई कतार नेपाली एकता समाजमा लगनशिल भएर काम गर्नु हुनेछ भन्ने आशा राख्दै नव नियुक्त एरिया समितिका सम्पूर्णलाई शुभ कामना दिनु भएको थियो ।
विषेश अतिथी सत्य बहादुर पुनले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ यस भेलामा उपस्थित हुने सम्पूर्णलाई भेलाका अध्यक्ष शालिक राम पुनले सबैलाई धन्यवाद दिदै कार्यक्रम सौहद्रपूर्ण वातारणमा समापन भएको घोषना गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend