logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली म्युजिक अवार्ड कतारमा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
“सृजनाको मुल्यांकन श्रष्टा सम्मान, नेपाली संगीतको प्रवर्द्धन हाम्रो अभियान” भन्ने नाराको साथ् हिमालय अन्तर्राष्ट्रिय नेपाली अवार्ड कतारको बेस्ट वेस्टर्न प्लसमा सम्पन्न भएको छ ।
नेपाली सांस्कृतिक कार्यक्रममा विभिन्न बिधाका चर्चित सेलिब्रटीहरुलाई हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डले कार्यक्रमको आयोजना गरि मेडल प्रमाणपत्र सहित सम्मान गरेको हो ।गीत संगीतमा चर्चा कमाउन सफल रहेको सालको पात हे माया गितको बोलबाट लोक दोहोरी गायिका स्मृति गौतम र झुम्के बुलाकी गितको बोलबाट अमृत खातिले उत्कृष्ट नेपाली म्युजिक अवार्ड २०१९ मेडल प्रमाणपत्र हात पार्न सफल रहेका छन ।कार्यक्रममा समाज सेबि व्यवसायीक बुद्धिजीवी पत्रकार  केही श्रोता दर्शकहरुको उपस्थित रहेको उक्त कार्यक्रममा स्थानीय समय अनुसार कार्यक्रम सुभारम्भ साझा ५ बजेबाट सुरु हुने भनिएता पनि औपचारिक भने कार्यक्रम ८ बजेपछि सुभारम्भ गरिएको थियो ।अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको आयोजना गरिएता पनि कहि कतै कार्यक्रम फितलो रहेको दर्शक श्रोता भनाइ रहेको देखिन्थ्यो ।

हाम्रो नेपालीमा उखान छ हामी अरु प्रती समर्पित भए पनि आफ्नो कार्यक्रममा निर्धारित समयमा सुरुवात न समय ख्याल न गर्नु हामीमा एक खल्को अपेहेलान हो भने अर्को कुरो निर्धारित समयमा सुरुवत न हुदा कलाकारले आफ्नो प्रस्तुति प्रस्तु गर्न समेत असज रहेको बिगतमा धेरै प्रस्तत उदाहरण रहेका छन ।

कहिले सम्म यो प्रविधिलाई थाती राख्ने अन्त्य गर्ने संभाव त हाम्रो पालामा भन्ने मात्रा होइन व्यवहार पनि परिबर्तनमा ल्याउनु जरुरी देखिन्छ । हाम्रो नेपालीमा उखान छ हामी अन्य देशबासिहरुको कार्यक्रममा निर्धारित समय भन्दा पहिले पुग्ने गर्छौ ।आफ्नो कार्यक्रममा समयमै सुचारु न हुने प्रमुख अतिथि ढिला उपस्थितले कार्यक्रम अनौपचारिक रुपमा सुचारु भएता पनि कता कता कार्यक्रम सोचे जस्तो हुन नसकेको उपस्थिति श्रोताको भनाई रहेको थियो ।

सांगीतिक विधाका चर्चित गायक र गायिका डान्सर भुमिका गिरी, गोपाल  प्रसाद तिवारी , अमृता  श्रीपाल , बरु यस्तै दुखी छु रन्जित परियार ,  नेपाली पप  ‘भैसी हात्ती’ गायिका  सरस्वती लामा , हे गोरिमैचाङ बिल्कुल दिपु मोक्तान, शान्ति नेवाङ् तामाङ, दिनेश तामाङ मन भयो चन्चले, नेपालीम्युजिक तिम्रो  हेराईले धुम ३ एलिना रायमाझी , मेटिन्न तिम्रो तस्वीर बेस्ट नेपाली मोडल आशा गौतम, लोक गायक तथा मोडल  किन रुन्छ मन उत्तम भणडारी , झुम्के बुलाकी अमृत खाती, बाचा गर्ने तिम्रो ढाचा प्रकट तामाङ, सागर घिसिङ, मिलन लामाले अवार्ड मेडल प्रमाणपत्र  प्राप्त गरेका थिए।

त्यसैगरि, एक पानी दुई पानी तामाङ सेलो म्युजिक भिडियो मन्जु लामा , राम साईली दावा पिन्जुङ तामाङ , धर्मराज पोख्रेल , त्यही केटी करन राज गिरी , सुस्मिता गिरी,  राजेश तिमिल्सेना  लगाएतले डेढ दर्जन भन्दा  बढी कलाकारहरुले अवार्ड मेडल प्राप्त  गरेका छन्  । भने सोही अवसरमा सहयोग गर्ने व्यक्तित्वहरुलाई समेत समान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासका महामाहीम प्रो रमेश प्रसाद कोइराला रहनु भएको थिए । औपचारिक कार्यक्रमको संचालन चर्चित गायिका तथा उदघोषिका सोभ त्रिपाटीले गरेकी थिईन ।

भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=AckY-MoLCIs&t=1s

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend