logo
  • शनिबार, भाद्र २० २०८३

गण्डकी प्रदेश समन्वय परिषद कतारको साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
हाम्रो अभिभारा समृद्ध गण्डकी प्रदेश भन्ने मुलनारा सहित गण्डकी प्रदेश समन्वय परिषद कतारले प्रथम साधारणसभा सम्पन्न गरेको छ । दोहास्थित गल्फ होराइजन होटलको सभाहलमा तदर्थ समितिका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा नेपाली राजदुत प्रा.रमेश प्रसाद कोइरालाको प्रमुख आतिथ्य रहनु भएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य कुमार कार्की, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सुदर्शन भट्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतिशिल मञ्च पाचौँ महाधिवेशन आयोजक समितीका संगठन बिभाग प्रमुख मोहन कार्की, तराइ मधेस लोकतान्त्रिक मञ्का अध्यक्ष हुसेन खान, कतार नेपाली एकता समाजका उपाध्यक्ष धन बहादुर परियार , अन्तर्राष्ट्रिय नेपाली समाज संयोजक देव परियार, नेपाली महिला समाज महासचिव अम्बिका खत्री, अन्तरास्ट्रिय मुस्लिम सेवा समाजका उपाध्यक्ष उमैर आलम, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका उपाध्यक्ष पुरुषोत्तम सुनुवार, नेपाल पत्रकार  महासंघ कतार शाखाका उपाध्यक्ष नवराज विक, प्रदेश नम्बर तीन समन्वय परिषदका अध्यक्ष समीर खत्री, प्रदेश नम्बर एक समन्वय परिषदका अध्यक्ष चुडामणी कार्की लगाएतले  शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनबाट हंशराज ढकाल क्षत्रीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर विक (म्याग्दी), महासचिवमा रामजी खत्री (गोरखा), सचिबमा युवराज गुरुङ (लमजुङ) र कोषाध्यक्षमा अजय विक (पर्वत)

कार्यसमिति सदस्यमा गण्डकी प्रदेश समन्वय परिषद् अन्तर्गतका जिल्ला अध्यक्ष सदस्य रहने भएका छन् । जसमा बिश्वबन्धु थापा (कास्की) अजमत अलि, (स्याङ्जा) बिष्णुलाल श्रेष्ठ (लमजुङ), सबिन्द्र श्रेष्ठ (पर्बत), सागर पौडेल (बाग्लुङ), राकेश श्रेष्ठ (गोरखा), केश गुर्छा मगर (तनहुँ), पिताम्बर चापागाईं (नवलपुर) र रमेश पौडेल (म्याग्दी) पदेन सदस्य रहेका छन ।

रिक्त रहेका पदहरु २ उपाध्यक्ष, १ सचीव र १ सहकोषाध्यक्षमा आगामी कार्यसमितिको बैठकले मनोनित गर्ने बताए । नवनिर्वाचित कमिटिलाई निर्वाचन समितीका संयोजक गुरुनारायण रानाभाटले प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा आर्थिक संयोजक बिष्णुलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यपत्र तयारी समितीका संयोजक सिताराम थापाले समाजको भावी कार्ययोजना बारे कार्यपत्र प्रस्तुत भएको थियो ।

सबिन्द्र श्रेष्ठको स्वागत मन्तव्य र रामजी खत्रीको संचालन गरेका थिए । कतारमा कार्यरत गण्डकी प्रदेश बासीहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा स्थानीय कलाकारले आ-आफ्ना नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम उत्साह जनक रहेको देखिन्थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend