logo
  • शनिबार, साउन ३० २०८३

कतारले जित्यो एसियन फुटबल कपको उपाधि


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, माघ १८ ।
एसियाली पावर हाउस जापानलाई हराउँदै कतारले एसिया कप फुटबलको उपाधि जितेको छ । युएईमा शुक्रबार भएको फाइनलमा जापानलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो ।

अबुधाबी स्थित जयाद स्पोर्टस सिटी स्टेडियममा कतारलाई जित दिलाउन अल्मोइज अली, अब्दुलाजिज हाटेम र आक्रम अफिफले एक एक गोल गरे ।

जापानका ताकुमी मिनामिनोले एक गोल फर्काए । बलियो मानिएको टोली जापानविरुद्ध कतारले पहिलो हाफमै २ गोल गरेको थियो । खेलको १२ औं मिनेटमा अलीले गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा हाटेमले गोल गर्दै कतारको अग्रता २–० को बनाए ।

दोस्रो हाफमा जापानले खेलमा फर्कने कोशिश गर्यो । खेलको ६९ औं मिनेटमा मिनामिनोले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । तर, खेलको ८३ औं मिनेटमा अफिफले पेनाल्टीमा गोल गर्दै कतारलाई ३–१ को जितसहित उपाधि दिलाए ।

योसंगै सन् २०२२ को विश्वकप आयोजक कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जित्दै इतिहास बनाएको छ । यस्तै कतार एसिया कप जित्ने नवौं राष्ट्र बनेको छ । फाइनलमा कतारसंग स्तब्ध बनेपछि पाँचौ पटक एसिया कप जित्ने जापानको सपना पुरा हुन सकेन ।

जापान सर्वाधिक धेरै पटक एसिया कपको उपाधि जित्ने एक्लो टिम हो । यसअघि सेमिफाइनलमा जापानले ईरानलाई ३–० ले हराएको थियो । यस्तै कतारले घरेलु टोली युएईलाई ४–० ले पराजित गरेको थियो । एसिया कपमा कतारका अल मोइज अली ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बने ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend