साझा नेटवर्क
कुमार “अविरल” पन्थी ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज आउन करिब दुई महिना बाँकी छ । तर कलाकारहरुलाई तिजको चटारोले छोइ सकेको छ । कलाकारहरु यतिबेला तिजका गित गाउन र गितको म्युजिक भिडियो बनाउन निकै व्यस्त छन । गत वर्षको तिजमा जस्तै यस वर्षको तिजमा पनि कलाकारहरुले फरक फरक किसिमका तिज गितहरु बजारमा पस्कि रहेका छन । तिज पर्वलाई मध्य नजर राख्दै बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा चर्चित गायिका अमृता लामिछानेको तिजको कोशेली “पुतली भाग-२” तिज गित सर्वजनिक भएको छ ।

गतवर्ष तिजको गित “पुतली” ले अत्यधिक सफलता पाएपछि यसपाली तीजमा पनि “पुतली भाग-२” नामक एल्बम बजारमा ल्याएको गायिका लामिछाने बताउछिन । छोटो समयमा १ दर्जन भन्दा बढी गितहरुमा स्वर दिइसकेकी गयिका लामिछानेले गतवर्ष “पुतली” नामक एल्बमले अत्यधिक सफलता हासिल गरेपछि यस पटक पनि एल्बमको नाम “पुतली भाग-२” नै राखेकी हुन ।
चर्चित सर्जक तथा गायक मधु सुधन डागीको शब्द रहेको गितमा नरेश खाती क्षेत्रीले लय शृजना गरेका छन । उक्त तिज गीतमा मेक्सम खाती क्षेत्री र अमृता लामिछानेको आवाज रहेको छ । नेपालका विभिन्न ठाउलाई समेटेर तयार पारिएको तिज गितले यसपटक पनि सोचे भन्दा बढी सफलता हासिल गर्नेमा गायिका विस्वस्त छिन ।
वसन्त फिल्मस् प्रा.ली. काठमाडौले बजार व्यवस्थापन गरेको पुतली भाग २ तिज गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन । करन चैसिरको छायाँकन रहेको भिडियोमा विजय थापा र अमृता लामिछानेले अभिनय गरेका छन भने भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend