साझा नेटवर्क
तिलु शर्मा पौडेल, दोहा ।
“पाल्पाली सेवा समाजको प्रतिबद्धता निस्वार्थ समाज सेवा आजको आवस्यकता ‘ भन्ने मूल नारा लिएर सन् २००७ मा मध्य पूर्वको देश कतारमा स्थापित पाल्पाली सेवा समाज दोहा कतारले कलाकार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष ईश्वर काफ्लेको सभापतित्व तथा प्रमुख सल्लाहकार लिलम चिदी मगरको प्रमुख आतिथ्यमा नज्म्मा अबस्थित गोर्खा रेस्टुरेन्टको हलमा सनिबार साँझ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालबाट पाल्नु भएका कलाकार डोलराज बारहघरे मगर, रन्जिता थापा मगर सहित मगर संघ कतारका अध्यक्ष शेर बहादुर रोका मगर, पाल्पाली सेवा समाज कतारका सल्लाहकार जनक थापा मगर, मगर संघ कतारका पुर्ब अध्यक्ष भिम बहादुर तरामु मगर उपाध्यक्ष केशब घर्ती मगर, नेपाली कलाकेन्द्र कतारका पुर्ब नृत्य प्रशिक्षक जेरि राई, लगायातका बिसेष अतिथि रहेका थिए ।

सस्थाका उपाध्यक्ष महल क्षेत्रीको स्वागत मन्तब्य तथा रास्ट्रिय गान संगै कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा बोल्ने अधिकासले पाल्पालि सेवा समाजको प्रशसा गर्दै कलाकारहरुको बाँकी जिबन सुखमय रहोस भनी सुभकामना व्यक्त गरेका थिए ।

नेपाल मगर सङ्घ साखा कतारले माघ्या सकराटिको अवसर पारेर आयोजना गरेको “माघ्या सकराटी—२०१९ ” बनभोज तथा विविध साँस्कृतिक कार्यक्रम—२०७५” मा आफनो साँगितिक प्रस्तुति दिन नेपालबाट आएका कलाकारहरु सम्मानित भएका हुन् । सम्मानित हुने हरुमा गायक, रचनाकार, संगितकार तथा मोडेल डोलराज बारहघरे मगर र लोक तथा दोहोरी गायिका रन्जिता थापा मगर रहेका छन ।
उनीहरुलाई कार्यक्रमका सभापति प्रमुख अथिति लगायात उपस्थित कार्यसमितिका पधाधिकारीहरुले खादा तथा दोषल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए । सम्मान ग्रहण पछी बोल्दै बार्हघरेले हिजो सम्म कलाकारिता छाडेको भए पनि आफुले जिन्दगिको सबै भन्दा ठुलो खुसि गुम्ने रैछ तर आजबाट कलाकारिता क्षेत्रमा नरहे पनि आफुले जिबन भर पुग्ने माया र सम्मान कतारबाट पाएको बताए ।
लाखौको भिड रहने काठमाण्डौले एक्लोपन दिन्छ तर यहाँ सयौ जनाको बिचमा पनि असल सस्कार र आत्मियताको सागर दिने एकता देख्दा आफु नतमस्तक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथिले कतारमा पाल्ने सबै पाल्पाली कलाकारहरुलाई सस्थाले सम्मान तथा भेटघाट गर्ने गरेको स्मरण गरेका थिए ।
रमेश कनौजे थापा मगरले सहजीकरण गरेको उक्त कार्यक्रमको सम्पान गर्दै सभापति काफ्लेले सम्मान मात्र सम्मान नभएर सस्था संग जोडिने एउटा पुल पनि भएकोले बिस्वमा जहा पुगे पनि पाल्पाली सेवा समाज कतारलाई नबिर्सन आग्रह गर्दै मगर सङ्घ साखा कतार लगायत उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend