logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली जनसम्पर्क समिति कतारको हिलाल इकाई गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
नेपाली कांग्रेसको भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारको हिलाल इकाई कमिटिको भेला १८ जनवरी २०१९ का दिन द गोर्खा रेष्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ ।

जनसम्पर्क समिति इकाई अधिवेशन समितिका संयोजक तथा महामन्त्री अजिज अलिको संयोजकत्वमा सम्पन्न भेलाले सर्वसम्बत ९ सदस्सीय नया कार्यसमिति चयन गरेकोछ कमिटिको अध्यक्षमा शेख हनिफ मिया उपाध्यक्षमा बिष्णु कुवर सचिवमा मो. मिस्टर कोषाध्यक्षमा मदन जिसी र सदस्यहरुमा नुर मोहमम्मद खान, प्रेम चौधरी, धन बहादुर केसी, मो मुस्तकिम र बिद्धियानन्द झा रहेका छन ।

जनसम्पर्क समितिका कावा सभापति शंकर न्यौपाने, निवर्तमान सभापति बिमल सुवेदी, बिधान मस्यौदा समिति संयोजक क्रान्ति सिंह, सल्लाहकार मो शकिर अलि, सचिवालय सदस्य अबु अलि र सामाजिक अभियान्ता ठाकुर परियार, इश्वर काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

जनसम्पर्क समितिको इकाईहरुको गठनको संयोजकले चौथो इकाईका रुपमा हिलाल इकाई पुनर्गठन गरीएको जानकारी दिएकाछन यो भन्दा अगाडी नेशनल इकाई अलखोर इकाई र सनैया इकाईहरुको अधिवेशन सम्पन्न भैसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend