logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा गायक प्रकास कटुवाल सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दोहा ।
रामेछाप दोहा सम्पर्क समाज र प्रदेश नं ३ समन्वय परिषदद्धारा गायक प्रकास कट्टुवालाई दोहा नज्मामा रहेको रोयल रेष्टुरेण्टमा एक कार्यक्रम आयोजना गरी संयुक्त सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम रामेछाप दोहा सम्पर्क समाजका कोषाध्यक्ष उद्धव मगरको अध्यक्षता र प्रदेश नं ३ समन्वय परिषदका अध्यक्ष समिर के.सीको अध्यक्षता र प्रमुख अतिथी गायक प्रकास कट्टुवाल, विशेष अतिथी प्रदेश नं ३ समन्वयका सल्लाहाकार प्रकास बोहोरा, नेपाल प्रवासी तामाङ्ग समाज कतारको अध्यक्ष तीर्थ थिङ्ग तामाङ्ग, प्रदेश नं ३ समन्वय परिषदका महासचिव कविन्द्र कंडेल, मकवानपुर मिलनकेन्द्रका अध्यक्ष रमेश तिवारी, शुक बहादुर तामाङ्ग, संस्थापक सल्लाहाकार (तामाङ्ग समाज कतार) शंखलाल तामाङ्ग, रामहरी अधिकारी (नुवाकोट सेवा समाज सल्लाहाकार) नारायण भण्डारी अतिथि रहेका थिए ।

कार्यक्रम संचालन रामेछाप दोहा सम्पर्क समाजका सचिव ललितकुमार तामाङले सञ्चालन गरेको कार्यक्रमलाई मुहुर्तरुप दिदै हलमा उपस्थित सम्पूर्ण महानुभावलाई शब्दद्धारा यसै सम्पर्क समाजका सकृय सदस्य नर बहादुर घिसिङ्गको स्वागत मन्तव्य पश्चात कार्यक्रम निरन्तर अगाडी बढ्ने क्रममा कलाकार प्रकास कट्टुवालाई दोसल्लाह ओडाई सम्मानपत्र हस्तानतरण गरिएको थियो ।

संस्थाबाट प्रतिनिधित्व गरी आउनु हुने विशेष अतिथी, अतिथीहरु लगाएत सम्पूर्णले आ–आफ्ना भनाई राख्दै आगामी दिनहरुमा गायक प्रकास कट्टुवालको उत्तर उत्तर प्रगतीको कामना गर्दै जिल्ला देश, परदेश सम्म आफ्नो कलाकारीताको उच्च शीखरमा आफ्ना नाम राख्न सफल रहोस भन्ने शुभकामना दिएका थिए ।

त्यस्तै प्रमुख अतिथी प्रकास कट्टुवालले पनि आफ्ना भनाई राख्दै आगामी दिनहरुमा आफ्नो लोक गायन प्रति दृढ सवश्वासका साथ निरन्तर अगाडी बढ्दै दर्शक श्रोताको मन जित्दै श्रोतालाई कहीले निराशा नबनाउने बाचा गर्दै उहाँलाई यहाँ सम्म ल्याइृदिनु हुने प्रदेश नं ३ समन्वयन परिषदका सम्पूर्ण युनिटलाई हृदयदृेखिनै आभार प्रकट गर्नु छभएको छ साथै आफु पनि रामेछाप जिल्ला बासी भएको र यहाँ पनि रामेछाप बाट आएर श्रम गरी रहनृ भएका र कामका बावजुत पनि थोरई समय निकालेर भएपनि जिल्ला जुट्नु पर्छ ।

भावनाका साथ लाग्नु भएका अग्रज यस रामेछाप दोहा सम्पर्क समाज जिल्ला बासीहरुसंग भेटेर सम्मानपत्र पाउँदा आफु अत्यन्तै हर्षित र गर्भका लागेको बताउनु भएको छ । अन्त्यमा यस कार्यक्रमका अध्यक्ष समीर केसी बाट कार्यक्रम अत्यन्तै सौह्राद्रपूर्ण वातावरणमा समापन भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend