logo
  • शनिबार, भाद्र २० २०८३

युएईमा टिकटक प्रयोगकर्ताहरुको जमघट सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल (तिलुबाबा) दोहा ।
स्वदेश भन्दा बाहिर रहेर बिभिन्न संघ संस्था खोल्ने र आबद्दता गराउने क्रम बढदो छ । यस्तै लहरमा हिजो शुक्रबार युएईमा फरक किसिमको एक जमघटको आयोजना भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल अन्तर्गत निकै प्रसिद्ध टिक टक प्रयोगकर्ताहरुले दुबईमा भब्य भेला सम्पन्न गरेका छन ।

आफ्नो देश छोडेर बिदेशमा मज़दूरी गरी बस्ने Tiktokers साथिभाईहरुको भेटघाट हुनको लागी टिकटक यूजर्स MD Bohora, नवीन पौडेल, प्रिन्स गेलाल र ओम् प्रकाशले छलफल गरी फिउजन डान्स ग्रूपसंग मिली कार्यक्रमको आयोजना गरेका थिए ।

सोसियल मीडिया एप टिकटकको Live बाटै कार्यक्रमको लागी भेटघाट कार्यक्रम योजना सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा भाग लिन युएईका बिभिन्न शहरबाट टिकटक प्रेमीहरु यएईकै जाबिल पार्कमा जम्मा भएका थिए ।

कार्यक्रमले साथीभाईसंगको भेटघाट मात्र नभई सामाजिक कार्यमा पनि सहभागी हुने कुरा आयोजक मघ्यका MD Bohora बताउछन । हिजो २१ डिसेम्बरमा समपन्न भएको कार्यक्रममा ५० जना भन्दा बढि प्रयोगकर्ताहरुको जमघट भएको गोपीकृष्ण पंगेनिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend