साझा नेटवर्क
काठमाडौं, आषाढ २३।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला मात्रै भएको दाबी गर्दै अहिलेको जम्बो सरकार अझ विस्तार हुने संकेत सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्, “हल्लै हल्लाले हल्लिने र त्यसैका पछि कुद्ने बानी परेको छ कतिपयलाई, सरकार परिवर्तनको हल्ला खुव चलेको छ तर सरकार परिवर्तन होइन विस्तार हुँदैछ ।”

केही समय यता संयुक्त सरकारको मुख्य साझेदार नेकपा (माओवादी केन्द्र) का नेताहरू सरकार परिवर्तन गर्न प्रयत्नरत रहेका छन् । प्रधानमन्त्री ओलीको आधिकारिक ह्यान्डलबाट गरिएको ट्विटमा सरकार परिवर्तनको खेलमा लागेकाहरूप्रति कटाक्ष पनि गरिएको छ । प्रधानमन्त्री ओलीले भूमिसुधार मन्त्रालयले बिहीवार आयोजना गरेको एउटा कार्यक्रममा पनि यही दाबी र कटाक्ष गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend