साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी आषाढ २२।
नेपाली काङ्ग्रेस इलाका नम्बर ९ को पहिलो ईलाका भेला वामीमा सम्पन्न भएको छ । रुद्रावति बहुमुखी क्याम्पस वामीमा सम्पनन भएको कार्यक्रमम ईलाका संयोजक झबिलाल भण्डारीको सभापतित्व रहेको कार्यक्रममा मुसीकोट, बडागाँउ, वामी, पराल्मी, लगायतका गाबिसहरुबाट नेपाली काङ्ग्रेसका कार्य समितिका सभाति तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा ईलाका भित्रका गाबिसहरुमा पार्टीको साँगठनिक बिस्तार तथा बिकास समस्या र चुनौतीको बिषयमा छलफल भएको थियो । साथै बिकासको अवस्था हेरिकन इलाकाले जिलला समक्ष बिकाका गतिविधिहरुमा सहजीकरण गर्ने बिषयमा समेत छलफल भएको थियो । कार्यक्रममा प्रत्येक गाबिसका सभापति तथा प्रतिनिधिहरुले आ आफ्नो गाबिसको अवस्था तथा साँगठनिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।
१३ औ महाधिबेशन पछि प्रत्येक गाबिसका वडाहरुमा बाँकी रहेका वडा समिति तथा गाबिस समितिको पदलाई पुर्णता दिन समेत इलाकाले निर्देशन दिने निर्णय गरेको छ । ईलाकाको बैठक बस्दा सबै गाबिस समेट्ने गरी फरक फरक गाबिसहरुमा बसिने समेत बताइएको छ । कार्यक्रमको सञ्चालन इलाका सचिब महेश श्रेष्ठले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend