logo
  • शनिबार, कार्तिक २२ २०८३

पठन संस्कृतिको विकास गर्न त्रिभुवन माविमा अनुशिक्षण सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल, बागलुङ मंंसिर ६।
पठन संस्कृतिको विकास गर्न तथा व्याक्तित्व विकासको लागि त्रिभुवन माध्यमिक विद्यालय खर्वाङमा प्रशिक्षण/अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कक्षा ८, १०, ११ र १२ का विद्यार्थीहरुलाई सो तालिम दिइएको हो।

विद्यार्थीहरुमा सकारात्मक सोच विकास गर्ने, पठन संस्कृतिको विकास गर्न उत्प्रेरण जगाउने गरि प्रशिक्षण दिइएको हो। सो तालिमको प्रशिक्षक तथा तमानखोला गाउँपालिकाका लेखापाल याम वहादुर थापा मगरले सहजिकरण गर्नुभएको थियो।

सो तालिममा स्थायी साथी किताव वनाउनु पर्ने, पुस्तकालयमा अध्ययन गर्ने वानीको विकास गर्ने, अध्ययन गर्न लागेको विद्यालयको पोशाकको फोटो मात्रै सामाजिक संजालमा राख्ने, जन्मदिन, नयाँ वर्ष, दशैं, तिहार जस्ता चाडपर्वमा पुस्तक उपहारको संस्कार विकास गर्ने, वालकलाको विकास गरि व्याक्तित्व विकासमा ध्यान दिने, दयालाग्दो जिवनशैलीलाई डाहालाग्दो जिवनशैलिमा रुपान्तरण गर्ने, खोज अनुसन्धानमुलक अध्ययनमा लाग्नुपर्ने जस्ता विभिन्न शैलीको अनुशिक्षण गरिएको प्रशिक्षक थापा मगरले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend