साझा नेटवर्क
कमल पौडेल, बागलुङ मंसिर, ४।
प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को अवसरमा आयोजित हाप म्याराथुन दौडमा नेपाली सेनाका सिपाहि रेश बागलुङका नर वहादुर कार्कि प्रथम भएका छन्।
अर्जुनवाण गण घोडाबाँधेमा कार्यरत कार्किले १ घण्टा १९ मिनेट ४७ सेकेण्डमा २१ किलोमिटर दुरी पार गर्दै बडिगाड हाप म्याराथुन दौड आफ्नो पोल्टामा पारेका हुन्।त्यस्तै नेपाली सेना कै सिपाई तित्याङ, बागलुङका प्रज्जवल खत्रि द्धितिय भएका छन्। अर्जुनवाण गण घोडावाँधेमै कार्यरत खत्रि १ घण्टा १९ मिनेट ५३ सेकेण्डमा २१ किलोमिटर दुरी पार गर्दै द्धितिय भएका हुन् भने अर्जुन वाण गणमै कार्यरत इलाम घर भएका हुद्धा (हवल्दार) गुञ्जमान श्रेष्ठले १ घण्टा २१ मिनेट मा सो दुरी पार गर्दै तृतिय स्थान हासिल गरेका छन्।
२५ जना को सहभागिता रहेको प्रतियोगीतामा बडिगाड गाउँपालिकाको खार वजार देखि गिरङ्दी सम्म प्रतियोगीलाई दौडाइएको थियो।प्रतियोगीतामा प्रथम, द्धितिय तथा तृतिय हुनेले क्रमशः ७ हजार, ५ हजार तथा ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि सुरु भएको बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला मंसिर ९ गते सम्म सञ्चालन हुने छ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend