साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ कार्तिक २९ ।
गायक उर्गेन डि लामा सांगितिक क्षेत्रका एक चर्चित गायक हुन । लगभग दुई दशक अघिदेखि सांगितिक क्षेत्रमा प्रबेश गरेका लामाले दर्जनौ चर्चित गितहरु नेपाली सांगितिक क्षेत्रमा पस्किसकेका छन । केहि समयको अन्तराल पछि गायक लामा फेरी आफ्नै गितको म्युजिक भिडियो डाइरेक्सन सहित बजारमा ल्याउने तयारीमा छन ।
उनी गायका मात्र नभएर एक कुशल थान्का आर्टिस्टको रुपमा चर्चा कमाईसकेका बरिष्ठ थान्का आर्टिस्ट हुन । बिगत २ दशक देखि थान्का व्यबसाय गदै आएका उनि नेपालको टप १० थान्का आटिस्टमा पर्ने सफल भएका छन । भने गायक उर्गेन एक बुशल तबला बादक पनि हुन ।
चाडै नै उनि नयाँ गित “फुलको माला उनेर ” को म्युजिक भिडियो डाइरेक्सन सहित सांगितिक क्षेत्रमा फर्किन लागेका छन । भने उक्त म्युजिक भिडियोमा चर्चि ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाइले अभिनय गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend