logo
  • शनिबार, साउन ३० २०८३

सदरमुकाममा पेट्रोलको अभाव, गाउँमा कालो बजारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

INDIA-ECONOMY-OIL प्रेम सुनार, गुल्मी आषाढ २२ ।
गुल्मीको सदरमुकाम तम्घास वजारमा पेट्रोल पाईएन भने यहाँका उपभोक्ताहरु गाउँ तिर पस्न थालेका छन् । गाउँ तिर पसे पछि स–साना किराना पसल , होटल र कसैका घरमा समेत मिनरल वाटरको बोत्तलमा एक– एक लिटर र ग्यालेनमा ५ लिटर तयारी अवस्थाम रहेको हुन्छ ।

उपोक्ताले मुल्य सोध्नै पर्दैन , एक लिटर लिए १ सय ८० रुपैयाँ कालो वजारीको संसारमा निर्धारित मुल्य नै बनेको छ । भारतिय नाकावन्दी ताका सम्म कालोवजारीका
संसारमा एक लिटरको मुल्य ३ सय सम्म पुगेको थियो अहिले १ सय ८० हुनुलाई निकै सस्तो ठानेर उपभोक्ताहरुले खुशी हुँदै किन्ने गरेका छन् ।

सदरमुकाममा रहेको एक पेट्रोल पम्पमा किन्न जाँदा त्यसका कामदारले यहाँ छैन उ त्यहाँ सोध्नुहोस् त भन्दै नजिकैको होटलमा बेच्ने गरेको संकेत गरे । यस सम्वन्धमा निमित्त प्रमुख जिल्ला अधिकारी भक्तीराम मरासीनीको ध्यानकृष्ट गराउँदा आफुलाई यस वारे थाह नभएको र भर्खर आउनु भएका सिडियो सावलाई जाहेर गर्ने बताए ।

जिल्लामा वजार अनुगमन औपचारिकता निभाउनका लागि मात्रै गरिएको अनुभुत यहाँका सर्वसाधरणले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend