साझा नेटवर्क
साझा नेटवर्क, दोहा कार्तिक २६ ।
हिन्दु धर्मावलम्बीको महान पर्व तिहारको अवसरमा प्युठान सेवा समाजले एक कार्यक्रमको आयोजना गरी आपसी सहयोग सद्भाव तथा सुभकामना आदानप्रदान गरेको छ । समाजले प्रवास रहेता पनि आफ्ना रितिरिवाज परम्परा अनुसार विभिन्न चाड पर्वहरुको जगेर्ना गर्दै विभिन्न समयमा कार्यक्रमको आयोजना गरि मनाउदै आएको हो ।
कार्यक्रममा संस्थाका बरिस्ठ सल्लाहकार कमल आचार्यको प्रमुख अतिथित्वमा विशेष सल्लाहकार गुमान सिंह विश्वकर्मा रहेका थिए । भने संस्थाका द्वितीय उपाध्यक्ष चेतमान तृतीय उपाध्यक्ष केशव के सि ,सुश्री सरस्वती कुँवर लगाएत प्युठान बासी गैर प्युठान बासीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।
कार्यक्रमको औपचारिक आयोजना गरिएता पनि राष्ट्रिय गानबाट कार्यक्रमको शुभारंभ गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य समाजका सदस्य अमृत सुनारले उपस्थितिहरुलाई स्वागत गरेका थिए ।
शुभकामना मन्तव्यको क्रममा सदस्य भिम बहादुर सुनार, सदस्य दान बहादुर सुनार कोषाध्यक्ष बसन्त बुढाथोकी ,चेतमान जैसी,केशव के सि समाजका बरिस्ठ सल्लाहकार कार्यक्रमका प्रमुख अतिथि कमल आचार्य लगाएतले उपस्थिति सम्पुर्ण प्युठानि दाजुभाई तथा दिदिबहिनीहरुलाई प्रवासको आफ्ना-आफ्नो ब्यस्तताको बाबजुद पनि यसरी एकै ठाउँमा भेला भइ जिल्लाबासीहरु आफ्नो रितिरिवाज संस्कृतिको सम्मान गर्न पाउँदा आफू उत्साहित महसुस गर्दै आगामी दिनहरूमा पनि हामी बिचको आपसी भाइचार आत्मीय सम्बन्ध प्रगाढको साथै अग्रसर बनोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।
शुभकामना आदानप्रदान लगत्तै रमाइलो गर्दै आफ्ना मौलिक देउसी भैलो गित संगीतमा रमाउदै डुंगामा सवार गरि देउसी भैलो खेलिएको थियो ।
अन्तमा कार्यक्रम उपस्थिति सम्पुर्णमा विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष रबि किरण अध्यक्षतामा सम्पन्न गरिएको थियो भने कार्यक्रम सञ्चालन बसन्त विश्वकर्माले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend