साझा नेटवर्क
खगेन्द्र कार्की, इटहरी आषाढ २१।
मोरङ सुनसरी सेवा समाजको आयोजनामा मोरङको केराबारी–९, देविझोडामा १८ असार २०७३ का दिन निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । २ सय ५० बढी आँखाका रोगीहरुको चेकजाँच गर्दा १४ जना र लेटाङ आँखा शिविरबाट अप्रेसनका लागि राखिएका १४ जना गरी २८ जना मोतिया विन्दुका रोगीलाई शल्यक्रियाका लागि विराटनगर स्थित गोल्छा आँखा अस्पताल पु¥याइएको छ ।

नेपाल सरकारको अन्धोपन निवारण नीति तथा कार्ययोजना, रामलाल गोल्छा आँखा अस्पतालको सहयोगमा आजको आवश्यकता बमोजिम मानिसको अति सम्वेदनशिल अंग आँखाका रोगीहरुको उपचारका निम्ति गरिएको सो आँखा शिविरलाई स्थानीय आयोजक संस्था पूर्वज्योति क्लब र कुसुमे बचत तथा ऋण सहकारी रहेका थिए भने ट्रेडभिजन इन्भेष्टमेन्ट प्रालि, न्यु भिजन नेपाल, भिष्ट ट्रेडर्स इटहरी, नमूना बचत तथा ऋण समूह कतार, देविझोडा कुसुमे सरोकार समाज, कुसुमे युनाइटेड क्लबको सहयोग रहेको थियो ।

यसैगरी गोपाल मेमोरियल इङ्लीस स्कुलको यातायात व्यवस्थापनले गाउँ गाउँबाट आउने आँखाका रोगीहरुलाई सहजीकरण गरेको थियो । आँखा शिविरको औपचारिक कार्यक्रमलाई पूर्वज्योति क्लबका अध्यक्ष गोविन्द बस्नेतले सभापतित्व गरेको सो कार्यक्रममा मोरङसुनसरी सेवा समाजका अध्यक्ष बद्री प्रसाद बिमलीको प्रमुख आतिथ्यता रहेका थियो ।

मोरङसुनसरी सेवा समाज बहराईनका अध्यक्ष काशीनाथ पौडेल, मोसु नेपाल सल्लाहकार संयोजक गोकुलबहादुर थापा, आँखा शिविर प्राविधिक टोली प्रमुख तथा गोल्छा आँखा अस्पतालका अप्रेसन म्यानेजर सिपी आचार्यसहित आयोजक तथा स्थानीय आयोजक, व्यवस्थापन सहयोगी संस्थाका पदाधिकारीलगायत स्थानीय पार्टी प्रतिनिधि–नेपाली कांग्रेसका शिव लामिछाने, नेकपा एमालेका भुपाल कार्की, माओवादी केन्द्रका राम कार्की, गोपाल मेमोरियलका यज्ञ सुवेदीलगायत स्थानीय बुद्धिजीविहरुको आतिथ्यता रहेको थियो ।

पूर्वज्योति युवा क्लबका सचिव तथा मोसु आजिवन सदस्य प्रेम कार्कीले सञ्चालन गरेको सो कार्यक्रम स्थानीय विद्यालय श्री बुद्ध माविमा सञ्चालन गरिएको थियो । मोरङसुनसरी सेवा समाज नेपालका पूर्व संरक्षक तथा वर्तमान सल्लाहकार सरोज बास्तोलाले स्थानीय संयोजकको भूमिका निभाएको सो कार्यक्रममा शुभकामना मन्तव्य दिँदै वक्ताहरुले आँखा शिविर, ग्रामिण वस्तिले पाएको सुविधा र त्यसको प्रभावका विषयमा बोलेका थिए ।
आँखा शिविरबाट धेरै भन्दा धेरै स्थानीयबासीहरुले सेवा लिन पाउन भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिएको थियो । आयोजक संस्था मोरङसुनरी सेवा समाजको तर्फबाट पनि पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको बाक्लो उपस्थितिले कार्यक्रममा भरमग्दुर सहयोग पुगेको थियो ।
संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमली, उपाध्यक्ष द्वय रामनाथ भण्डारी र उर्मिला कार्की बस्नेत, महासचिव खगेन्द्र कार्की, सचिव सावित्रा दाहाल बराल, कोषाध्यक्ष विवेक भट्टराई, कार्यसमिति सदस्य नारायण भुजेल, प्रकाश गिरी, बिमला चौहान, गगन सिग्दार, एम्बुलेन्स समिति सदस्य ज्ञानेन्द्र पाण्डे, सल्लाहकार संयोजक गोकुलबहादुर थापा, मोसु बहराईनका अध्यक्ष काशीनाथ अधिकारी, मोसु कुवेतका सहसंयोजक नानुराज बराल, सोभिका चाम्लिङ राई, आजिवन सदस्य जिवन घिमिरे, सदस्य सुजा बास्तोला, शेरबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend