logo
  • शनिबार, भाद्र २० २०८३

छोराले मलेसियामा ज्यान गुमाए, नेपालमा बाबु भक्कानिँदै छन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

“हामी गरिबलाई के थाहा र ! कमाइ गर्न गएको छोरो कहाँ काम गर्थ्यो ? कस्तो कम्पनीमा काम गर्थ्यो ?


जाजरकोट, आषाढ २१।
मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने – “छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र?”  वैदेशिक रोजगारीमा मलेसिया गएका राम बहादुरको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको नौ दिन भइ सक्दा पनि लास ल्याउन नसकेपछि शोकमा डुबेको परिवारमा समस्या बढेको छ ।

राम बहादुरका बाबु कलेले लास कसरी झिकाउने र कहाँ सम्पर्क राख्ने केही थाहा नभएकाले आवश्यक पहल गरिदिन सरकारसँग माग गरे । जाजरकोट गर्खाकोट–६ का रामबहादुरलाई २०७१ माघमा वैदेशिक रोजगारीका लागि लक्की ओभरसिज काठमाडौँ म्यानपावर कम्पनीले मलेसियाको पिजी क्लिनिङ सर्भिस कम्पनीमा पठाएको थियो।

सो कम्पनीमा वैदेशिक रोजगार संस्थाले भने जस्तो काम र तलब नपाएपछि त्यहाँबाट भागेर उनले अर्को कम्पनी असरस सेक्युरिटी सर्भिसमा गैरकानुनी हिसाबले काम गर्न थाले। घर खर्च चलाउनलाई श्रीमतीका नाममा पैसा पठाएर गएर फर्किंदा मोटरसाइकल दुर्घटना परी घाइते भएका राम बहादुरको अस्पतालमा उपचार हुँदै गर्दा यही असार ११ गते ज्यान गएको हो।

कम्पनीबाट भागेर काम गरेको र जवाफदेहिता कम्पनीको निश्चित नभएकाले लास नेपाल ल्याउन समस्या भएको छ। राम बहादुरको उपचार गर्ने क्रममा अस्पतालमा खर्च भएको नेपाली रु ५० हजार पनि कम्पनीले नतिरिदिएपछि अस्पतालले लास र परीक्षणको प्रतिवेदन सम्म नदिएको बाबु कलेले बताए। रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend