logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा गुल्मेलीको दशैँ


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडादशै कतारमा पनि मनाईएको छ । गुल्मी सेवा समाज कतारले आन्तरिक रुपमा आयोजना गरेको दशै मिलन कार्यक्रम शुक्रबारका दिन परेको बडादशैलाई कतारमा रहेका गुल्मेलीहरुले हर्षो उल्लासका साथ मनाएका छन ।कतारमा परिवारसँगै बस्दै आएका र अन्य गुल्मेली तथा गैर गुल्मेलीहरुले बडादशैको टिका थापेका थिए । निधारभरी जमरा र रातो टिका लगाएर कतारको पर्यटकिय स्थल कर्नेसबाट सामुन्द्रमा डुङ्गा चढेर रमाईलो गर्दै दशैँ मनाइएको हो।आन्तरिक रुपमा आयोजित कार्यक्रममा सस्थाका कार्यवाहक अध्यक्ष कुमार अविरलको सभापतित्वमा समाज संरक्षक शिव खड्का प्रमुख आतिथि तथा समाज सेवी केबी हमाल विषेश अतिथि रहेका थिए ।त्यस्तै समाजका महिला संयोजक मिना खडका, कार्यक्रम संयोजक मित्र विएस, साझा नेटवर्कका पत्रकार तथा सम्पादक टेकराज थापा, डान्सर लक्ष्मी गिरी, समाजका कार्यसमितिका पदाधिकारीहरु लगायत गुल्मेली एवम् गैर गुल्मेलीहरुको उपस्थिति रहेको थियो ।प्रवासको ठाउँमा हामी एक परिवार भएर दशै मनाई रहदा नेपालको कला र सँस्कृतीको जगेर्ना गर्दै नेपालीहरुले सामुहिक रुपमा टिका ग्रहण गरिरहदा नेपालकै झल्को मेटिन्थ्यो । आफ्नो बासस्थान देखी धेरै टाढा पुगेर प्रवासमै भएपनी नेपालीहरुले नेपालको झल्को मेटेका थिए ।समाजका सल्लाहकार भिम तरामु मगरको सहजीकरणमा सम्पन्न कार्यक्रममा मिना खड्का, केवी हमाल, शिव खड्काले शुभकामना मन्तव्य राखेका थिए भने उपस्थितहरुले एक-आपसमा विजया दशमीको शुभकामना आदान-प्रदान गरेका थिए ।

त्यस्तै विजया दशमीको शुभकामना व्यक्त गर्दै सभापति अविरलले कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि आ-आफ्नो ठाउबाट अहोरात्र खटिनुहुने सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

कतारमा रहेका नेपालीहरुले पनि यसैगरी विभिन्न स्थानमा आफन्तहरुसँग भेटघाट गरेर दशै मनाएका छन भने केही नेपालीहरु दशैका लागि बिदामा नेपाल पुगेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend