logo
  • शनिबार, भाद्र २० २०८३

नवलपरासी सेवा समाज कतारको तदर्थ समिति गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल बहादुर रानाभाट, दोहा।
वैदेशिक रोजगारीको सिलसिलामा मध्य पुर्व स्थित कतारमा बस्ने नेपालीहरुलाई एक्यवद्धता गर्ने हेतुले गठन हुन लागेको संस्था नवलपरासी सेवा समाज कतार ५ अक्टोबर २०१८ शुक्रबारका दिन कतारको औधोगिक क्षेत्र नजिकै रहेको ग्राण्डमलको खुल्ला प्राङ्गणमा सम्पन्न भएको हो । दुर्गा हमालले संचालन गरेको भेलामा प्रदेश न. ५ अन्तर्गत नवलपरासी देखी कतार आई विभिन्न तवरले रहनु हुने दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अध्यक्षता गरेका के बि हमालले कुनै पनि व्यात्तिगत स्वार्थ नभई समाजको लागि भैपरी आउने जस्तोसुकै समस्या समाधानका लागी तथा नवलपरासी जिल्लालाई पर्यटन र प्रवर्द्धनको विकास गर्नका लागी खोलेको बताए ।

हमालले भेलामा उपस्थित भई सौहार्द पुर्ण वातावरणमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिएका थिए । हमाल कतार स्थित केहि पहिला स्थापना भएको प्रदेश न.५ का सल्लाहकार समेत हुन् । के बि हमालको अध्यक्षतामा सम्पन्न भएको भेलाले २१ जना तदर्थ समिति हुने गरी पारित समेत गरेको छ ।

तदर्थ समितिको अध्यक्ष सजन लौडारी, उपाध्यक्ष अमित बराली, महासचिव दुर्गा हमाल, सचिव भिम चापागाई, कोषाध्यक्ष कृष्ण पन्थी, सह-कोषाध्यक्ष बोधराज दाहाल लगायत सदस्यहरुमा क्रमशः गिरिराज पाठक प्रेम चौधरि,वासुदेव पाण्डे, दिपक बिक, रमेश पुरी, लक्ष्मण सेन, बुद्ध बिक, जित गुरुङ्ग, राजेश दाहाल, परशुराम पाठक, सुरज कुवर, नर बहादुर थापा, राजन क्षेत्री, बिष्णु शाही, रामजी सुवेदी रहेका छन् ।

नवनिर्वाचित तदर्थ समितिका अध्यक्ष लौडारीले संस्थाले नवलपरासीको मात्र नभै नेपालमा भैपरी आउने समस्यालाई सकेको सहयोग गरि समाधान गर्न छिट्टै अधिवेशन गरि एउटा सक्षम कार्यसमिति बनाउने प्रतिबद्ध ता समेत गरेका छन ।

तदर्थ समिति चयन भए संगै समितिले संरक्षकमा केबि हमाललाई यसैगरी दीपक सेनको संयोजकत्वमा ३ सल्लाहकार समिति चयन गरेको छ, जसमा कमल खरेल, गोपाल क्षेत्री, केश बहादुर गुरुङ छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend