साझा नेटवर्क
शिवराज गौतम, कतार ।
आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाई छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले जनही १५ हजार रियाल इनाम पाएकाछन् । इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेकाहुन् ।
सन् २००८ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका श्रेष्ठ दाजुभाइहरुमध्ये छटट बहादुर कार्पेन्टर, मेसन, स्काफोल्डर, स्टील फिक्स्चर लगायतको काममा दक्षता हासिल गरी सक्षम ट्रेड वर्कर भइसकेका छन् । नेपालमा एउटा गार्मेन्ट कम्पनीमा काम गरिरहेका दुई छोरा र चार छोरीका बाबु छटटबहादुर आफनो आर्थिक अवस्थामा सुधार नभएपछि उनी अल नासर कम्पनीमा आएका हुन् ।
यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका छटट बहादुरले कम्पनीको मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराइभुमीमा भएजस्तो पनि नलागेको बताए ।
यस कम्पनीमा आएपछि आफनो आर्थिक अवस्था समेत सुधार भएको र सम्पुर्ण सिप पनि जानेको बताउदै छटट बहादुरले आफुले प्राप्त गरेको इनाम रकम २०७२ को भुकम्पले भत्काएको घर मर्मतसम्भारमा खर्च गर्ने बताए ।
छटट बहादुरका विवाहित एउटा छोरा नेपालमै जागिर खादैछन् भने कान्छो छोरो गाउकै राम्रो विद्यालयमा अध्ययन गरिरहेकाछन् । उनले आफना सवै छोरीको पनि विवाह गरिदिइसकेका छन् ।
अर्का १५ हजार रियाल इनाम पाउने भाग्यमानी छटटबहादुरका भाइ सोम बहादुर पनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले सोम बहादुर स्काफोल्डीङका टिम लिडर भइसकेका छन् सोम बहादुरले नजानेको काम केहीपनि छैन उनी सवै काममा दख्खल भइसकेका छन् ।
अल नासर इन्तरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइ सकेका छन । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना दुई बालवच्चाको पढाइ साथै श्रीमतिको लागि खर्चपानी जुटाएको मात्र होइन गाउमै नया घरजग्गा समेत जोडी सकेकाछन् ।
कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको सोम बहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिक प्रति आभार व्यक्त गरे । यो रकम आफनो लागि ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराहरुको पढाइमा खर्च गर्ने उनले बताए ।
नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारी पुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पुर्ण विश्वास लागेको दुवै दाजुभाईले भनाई थियो ।
कम्पनीका मालिकले समय-समयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै यस्तै पुरस्का, इनामहरुबाट लाभान्वित भइकाछन् ।
कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोरा-छोरीहरुको पढाई खर्च समेत दिने गरेकाछन् । उनले २०७२ को आम विनासकारी महाभुकम्पले भत्काएको आफना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपैयाभन्दा बढी रकम समेत कम्पनीका मालिकले सहयोग दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend