logo
  • शनिबार, साउन ३० २०८३

विदेशबाट फर्किदा साउनदेखि काँचो सुन,चाँदी ल्याउन नपाइने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डौ, आषाढ १८।
सरकारले नेपाली वा विदेशी कुनै पनि यात्रुलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी काँचो सुन र काँचो चाँदी ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । सो व्यवस्था विपरीत कुनै पनि यात्रुले काँचो सुन र चाँदी ल्याएको भेटिएमा उक्त सामान जफत गरी कानुन बमोजिम कारबाही हुने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
sun
अब विदेशबाट आउने यात्रुले सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५०० ग्रामसम्म र एक लाख मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया मात्र ल्याउन पाउनेछन् । यसअघि ५० ग्रामसम्म काँचो सुन र ५०० ग्रामसम्मको काँचो चाँदी महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेकामा हाल यो व्यवस्था खारेज गरिएको भन्सार विभागका निर्देशक सूर्यप्रसाद सेढार्इंले जानकारी दिए ।

यही असार मसान्तसम्म छ महिनाभन्दा कम विदेशमा बसी आउने नेपालीले ४०० ग्रामसम्म सुन तथा सुनको गहना र छ महिनाभन्दा बढी विदेशमा बसी आउने नेपाली यात्रुले ५०० ग्रामसम्म सुन तथा सुनको गहना तथा एक हजार ग्रामसम्म चाँदी तथा चाँदी गहना तोकिए बमोजिमको महसुल बुझाइ ल्याउन सक्ने सुविधा छ । सरकारले यी सबै व्यवस्था समेत खारेज गरेको छ ।

कार्यालयले विदेश जाने नेपाली यात्रुले अति आवश्यक कारणले ५० ग्रामभन्दा बढी परिणामको सुनको गहना र ५०० ग्रामभन्दा बढीको चाँदीको गहना आफूसाथ लैजानुपरेमा नेपालमा खरिद गरिएको प्यान नं भएको बिल लगायत प्रमाण संलग्न विवरण भन्सार कार्यालयमा बुझाउनुपर्ने जनाएको छ । भन्सार कार्यालयले पेस भएको फाराम बमोजिम लैजान लागेका गहना दुरुस्त पाइएमा लगत राखी एकप्रति लगत पुर्जा उपलब्ध गराउनेछ ।

सोही व्यक्ति पुनः नेपाल फर्की आउँदा भन्सार क्षेत्रमा सो लगत पुर्जा देखाएका खण्डमा लगत भिडेका गहना जाँच पास गरिनेछ र लगत नभिडेका गहना जफत गरी कारबाही गरिनेछ । त्यस्तै कुनै पनि यात्रुले आफूसाथ लिई आएको एक लि मदिरा महसुल नतिरी ल्याउन पाउने तर त्यसभन्दा बढी मदिरा ल्याएमा जफत गरी कानुनी कारबाही गरिनेछ । यसअघि यात्रुले १।१५ लि मदिरा ल्याउन पाउने व्यवस्था रहेकामा खारेज गरिएको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १२ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका नेपाली यात्रुले आफूसाथ लिई आएको ३२ इन्चसम्मको एक टेलिभिजन एक पटकका लागि महसुल नतिरी ल्याउन पाउनेछ । अन्य कुनै पनि यात्रुलाई यो सुविधा नरहेको कार्यालयले जनाएको छ ।सरकारले सार्वजनिक गरेको ‘निजी गुन्टा, झिटी भारीु सूचनाअनुसार नेपाली वा विदेशी कुनै पनि यात्रुले अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी नगद आफूसाथ लैजान पाउने छैन ।

कसैले सोभन्दा बढी रकम लिई आउँदा भन्सार अधिकृतसमक्ष घोषणा गरी प्रमाणित गराउनुपर्ने तर भारतीय तथा नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुनेछ । नेपालमा नियमित उडान भर्ने अन्तर्राष्ट्रिय विमान कंले नेपाल आउने आफ्ना यात्रुलाई यस कार्यालयले निर्धारण गरे बमोजिम भन्सार घोषणा फाराम उपलब्ध गराउनुपर्नेछ । यात्रुले उक्त फाराम भरी भन्सार कार्यालयको सम्बन्धित डेस्कमा बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend