साझा नेटवर्क
शिवलाल सुवेदी ,गुल्मी असोज ७ ।
जिल्लामै सबैभन्दा ठुलो राशीको खुल्ला पुरुष अन्टटेष्ट फुटवल कपमा रुपन्देही ११ र गोल्डेन युवा क्लव फाईनलमा पुगेका छन ।
सदरमुकाम तम्घासमा ४ दिनदेखि जारी अन्टटेष्ट फुटवल कपको शनिवार भएको सेमीफाईनल खेलमा रेसुङ्गा युवा क्लवलाई हराउदै गोल्डेन युवा क्लवले आफ्नो फाईनलको यात्रा पक्का गरेको हो । गोल्डेनले रेसुङ्गमा क्लवलाई १ गोल अन्तरले हराएको हो । शनिवार नै भएको अर्को सेमीफाईनमा रुपन्देही ११ र पुल्चोक स्पोर्ट क्लव तम्घास गुल्मीलाई पनि १ गोल अन्तरले पराजित गदै फाईनलमा प्रवेश गरेको छ ।
अनटेष्ट युवा क्लवले सविधान दिवसको अवसरमा आयोजित खुल्ला फुटबल खेलको आयोजना गरेका थियो । प्रतियोगितामा गुल्मी, बाग्लुङ, अर्घाखाची, प्युठान, पाल्पा र रुपन्देहीका गरि १७ समुहको सहभागिता रहेको थियो । खेलको विजेताले ५० हजार नगद र मेडल हात पार्नेछ भने उपविजेताले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छ ।
विभिन्न बिधामा उत्कृष्ठ हुने खेलाडीहरुलाई ३० हजार बराबरको पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष असिम खड्काले बताए । आइतवार फाईनल खेल हुने आयोजकले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend