logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली दुतावास कतारले राष्ट्रिय दिवस मनायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री, कतार असोज ५ ।
नेपाली दुतावास कतारले हलिडे-इन होटेलको अल-मसा बल-हलमा एक भव्य कार्यक्रमको आयोजना गरेर आफ्नो देशको राष्ट्रिय दिवस मनाएको छ । कतार स्थित नेपाली राजदूत प्रो. रमेश प्रसाद कोइरालाले अतिथिहरूलाई स्वागत गर्दै नेपालको संविधान २०७२ घोषणा संगै आजको दिनलाई राष्ट्रिय दिवस मनाउने तत्कालिन संसदको निर्णय राष्ट्रको लागि अति गौरवान्दित दिन भएको बताउनु भएको थियो ।महामहिम राजदुत प्रा. रमेश प्रसाद कोइरालाले कतार स्थित नेपालि समुदाय तथा सम्पुर्ण नेपाली जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा राजदुत प्रो. कोइरालाले नेपालको संविधानलाई समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकारको प्रत्याभूति र बहुमूल्य, बहु-भाषागत, बहु-धार्मिक, बहु-सांस्कृतिक र भौगोलिक विविधताका विशेषताहरूले भरिपूर्ण भएको बताउदै सामाजिक-आर्थिक र नेपालको सांस्कृतिक विकास र प्रचारको लागि समाजको सबै वर्गहरुको अधिकतम सहभागिता हुनु पर्नेमा जोड दिनु भएको थियो।

उहाले नेपालमा संघीय संरचनाको तीनवटा लोकतान्त्रिक चुनाव २०१७ मा सम्पन्न भएको छ । नेपाल सरकार अहिले निरन्तर शान्ति, प्रगति, सामाजिक न्याय, आर्थिक विकास र नेपाली जनताको समृद्धि पाउनका लागि ” सम्रान्त नेपाल, सुखी नेपाली भन्ने “मोटो”लाई आत्मसाथ गर्दै अगाडी बढेको जनाकारी गराउनु भयो ।

राजदुत कोइरालाले आफ्नो सवागत मन्तब्यमा नेपाल र कतार बीच द्विपक्षीय सम्बन्ध २१ जनवरी १९७८ देखि नै स्थापित भएको सम्झदै कतार सरकार प्रमुख शेख तामिम बिन हमाद अल थानी र कतार सरकारको विकास र चुनौतीको समाना प्रतिको प्रसंसा गर्दै नेपालमा पनि आकर्षक परिदृश्य, विविधता र विशेष विश्वव्यापी आकर्षणहरू जस्तै विश्वको सबैभन्दा अग्लो सिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थान लुम्बिनी र नदि तथा खनिज जन्या बस्तुहरु प्रचुर मात्रमा भएकाले नेपाल धेरैले चाहने पर्यटक गन्तव्यहरू मध्येको एक हो भन्दै उहाँले नेपालमा लगानीको अवसरका विभिन्न क्षेत्रहरूलाई हाइलाइट गर्दै कतार तथा विश्व समूदायालाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको थियो ।

दुताबाशको निमन्त्रणामा कतार सरकारका प्रशासनिक विकास तथा श्रम राज्य मंत्री, साद अल-झफली अल्नुयामी, विदेश मन्त्रालयाका महासचिव अहमद हसन अल-हममी, महामहिम राजदूत इब्राहिम यूसुफ अब्दुल्ला-फखोरो, कतारका प्रोटोकल प्रमुख, विभिन्न मुलुकका दुताबाशका प्रतिनिधि, विभिन्न देशका गणतान्त्रिक अभियानका सदस्यहरू, नेपाली समुदायका सदस्यहरू र प्रतिनिधिहरू र दूतावासका अधिकारी र उनका परिवार सदस्यहरू उपस्थित थिए। उक्त राष्ट्रिय दिवस कार्याक्रममा परम्परागत नेपाली वस्तुहरू र हस्तशिल्पहरूको प्रदर्शन गरिएको थियो । भने नेपाल एयरलाइन्सले २ लक्की “ड्र”को प्रायोजन गरेको थियो ।

कार्यक्रमको दौरानमा केहि सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो । नेपाली दुतावास कतारले दिनको १२ बजे राष्ट्रिय दिवसको उपलक्ष्यमा दुतावासको परिसर भित्र चियापान तथा झण्डा तोलन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कतार स्थित विभिन्न बैचारिक तथा सामाजिक सस्थाका अभियन्ता तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend