logo
  • शनिबार, भाद्र २० २०८३

रामजी अधिकारी कतारमा “आमा “सेमिनारको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अर्जुन पौडेल ,कतार।
आँसु एउटै हाँसो एउटै रक्त कण राता।
संसारमा जँहा रहुँ मानवता होस् नाता !!
“तन मन बचन र कर्मले सेवा गरौ” भन्ने सोचका साथ २००३ मा स्थापित गोरखा सेवा समाज कतारले मानव सेवा आश्रम गोरखाको सहयोगार्थ गर्न लागेको कार्यक्रम “आमा” सेमिनारका प्रमुख प्रशिक्षक एवम् मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारी कतार आइपुगेका छन् । अधिकारी कतार आइपुगे संगै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । सेप्टेम्बर २१ तारिख शुक्रबारका (भोलि ) दिन नज्मा को सालिमार रेस्टुरेन्ट मा हुन लागेको कार्यक्रमका प्रसिक्षक अधिकारीलाई गोरखा सेवासमाजका अध्यक्ष राकेस श्रेष्ठ , प्रथम उपाध्यक्ष रामजी खत्री लगाएतले हमाद इन्टरनेसनलमा गई स्वागत गरेका थिए ।
प्रवासी भुमी कतारमा पहिलो पटक गोर्खा सेबा समाज कतारले गर्न लागेको छुट्टै एउटा पृथक ज्ञानबर्दक कार्यक्रमको सहभागिताको लागि कतारमा रहेका विभिन्न नेपाली समुदाएको उलखिनिय  उपस्थिति रहने आंकलन गरिएको छ करिब १५० देखि २०० जनाको सहभागिता हुने अपेक्षा गरिएको कार्यक्रमको लगभग टिकट बुकिङ्ग भैसकेको कार्यक्रम संयोजक तथा गोरखा सेवा समाज कतारका प्रथम उपाध्यक्ष रामजी खत्रीले  बताए l

कार्यक्रममा आउन चाहना राख्नुहुने तर टिकट लिन छुट्नु भएको महानुभाबहरुले शुक्रबार कार्यक्रम हलमानै केहि सिमित मात्रमा टिकट लिने सुबिधा पनि भएको खत्रीले बताए। करीब एक वर्ष अगाडिबाट संचालनमा आएको मानव सेवा आश्रम गोरखा शाखामा रहेका ५२ जना अनाथ नानीबाबुको सहयोगार्थ सम्पन हुन लागेको हो ।

सहभागीताको लागि प्रति ब्यक्ति कतारी रियल ७५ शुल्क तोकिएको कार्यक्रममा सहभागी जनाउन चाहनेको लागि सहभागिताको प्रमाणपत्र सहित कपि कलम , खाना, खाजा तथा यातायातको सुबिधा समेत रहेको छ । बिहान ११:३० बजे खानाखाने कार्यक्रम बाट सुरु हुने कार्यक्रमको औपचारिक प्रशिक्षण कार्यक्रमभने दिनको १ बजेबाट सुरुहुने छ।

मातृत्व र मातृभूमिको सम्मान एवं मानवता प्रवर्द्दनका लागि कतारमा रहनु हुने सम्पूर्ण नेपाली मनहरु माझ हुने हृदयस्पर्शी जीवनरुपान्तरण कार्यक्रममा “आमा सेमिनार” साथमा खुसी एक कला ( Art of happiness ) तनाव वयवस्थापन (Stress Management ) स्वस्थ एवं सकारात्मक जीवन शैली ( Healthy & Positive Life Style ) व्यक्तित्व विकास ( Personality Development ) नेतृत्व विकास ( Leadership Development ) लगाएत विभिन्न बिषयमा प्रशिक्षित हुने मौका मिल्ने छ ।


प्रकाशित मिति : ४  असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend