साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज ३ ।
संविधान दिवसको अवसर पारेर गुल्मीमा सबैभन्दा ठुलो राशिको खुल्ला पुरुष फुटबल प्रतियोगिता बुधबारबाट सदरमुकाम तम्घासमा शुरु भएको छ । आज भएको पहिलो खेलमा आयोजक अनटेष्ट युवा क्लबनै पराजित भएको छ ।
आयोजक र एकता युवा क्लबबिच पहिलो खेलमा अन्टेस्ट युवा क्लबलाई एकता युवा क्लबले ०–१ गोल अन्तरले पराजित गरेको छ । खेलको १७ मिनेटमा एकता युवा क्लबका रमेश चुदराको पहिलो गोलनै जित बन्यो । त्यस्तै दोस्रो खेल सिद्ध बाबा युवा क्लब र फोर्टिन स्टार युवा क्लबबिच भएको थियो ।
जसमा सिद्धबाबा युवा क्लबले ५ गोल प्रहार गर्दे फोर्टिन स्टार युवा क्लबलाइ पराजित गरेको क्लबका उपाध्यक्ष असिम खड्काले बताए । दोस्रो खेलमा सिद्धबाबा युवा क्लबका टिम क्याप्टेन नारायण श्रीसले खेलको ९ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै २३ मिनेटमा रिजेश मल्ल र दोस्रो हाफको ११ मिनेटमा बिनोद आले, १३ मिनेटमा सागर श्रीसले एक/एक गोल साथै २९ मिनेटमा बिनोद आलेले पुन एक गोल प्रहार गरेका थिए ।
प्रतियोगितामा गुल्मी, बाग्लुङ र रुपन्देहीका गरि १७ समुहको सहभागिता रहेको छ । प्रतियोगीताको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्घाटन गरेका थिए । बिहिवार गुल्मी युनाइटेड युवा क्लब र रुपन्देही ११ बिच बिहान ७ बजेबाट शुरु हुने खड्काले बताए ।
प्रतियोगीताको उपबिजेताले ३० हजार र तेस्रो हुनेले १० हजार साथै सान्त्वनाले पाचँ हजार सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगीतामा विभिन्न बिधामा उत्कृष्ठ हुने खेलाडीहरुलाई ३० हजार बराबरको पुरस्कार प्रदान गरिने क्लबका सचिव दिपक कुवरले बताए ।
बिस २०७१ सालमा क्लवले जिल्लामै सबैभन्दा धेरै ७० हजार राशिको राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो । बिस २०६६ सालमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यमा समेत आफुलाई अग्रणी स्थानमा राख्दै आएको क्लबका अध्यक्ष गोबिन्द पाण्डेयले बताए ।
सार्वजनिक शौचालय निर्माण, पश्चिम नेपाल बस ब्यवसायी संघ शाखा कार्यालय तम्घासको काउन्टर ब्यवस्थापन तथा मर्मत गर्नुका साथै बडागाउँको दजाकोटमा भिषण आगलागि हुँदा क्लवले ५० हजार बराबरको राहत सामाग्री वितरण गरेको पाण्डेयले बताए । भने विभिन्न मेला तथा साँस्कृतिका कार्यक्रममा बिशेष भुमिका निर्वाह गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend