साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार ।
प्रवासमा रहेर पनि नेपाली लोक संस्कृति र संगीतको उत्थान तथा जगेर्नाका साथै प्रबासिएका सम्पूर्ण कलाकारहरुलाई एकत्रित गर्ने मुख्य अभियानमा अग्रसर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाले रास्ट्रिय कलाकारलाई सम्मान गरेको छ ।
नज्मा अबस्थित गोर्खा रेस्टुरेन्टको सभाहलमा प्रतिष्ठानका अध्यक्ष् कृष्ण बरालको सभापतित्व तथा हरिदेबी कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो ।
गत आइतबार सम्पन्न उक्त कार्यक्रममा NRNA NCC कतारका सचिबालय सदस्य बिनोद बर्सौला, कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष बिश्वबन्धु थापा संरक्षक ध्रुवराज अधिकारी, लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठ, रा. लो. तथा दोहोरी गीत प्रतिष्ठान नेपालकि आजिबन सदस्य सावित्री गिरि, प्रतिस्ठान तथा काक्सी आदर्श सेवा समाजका सल्लाहकार प्रभात त्रिपाठी लगायतका व्यक्तित्वहरु बिसेष अतिथि रहेका थिए ।
शिबराम ढकालको स्वागत मन्तब्य संगै अघि बढेको कार्यक्रममा बोल्ने बक्ताहरुले कोइरालाको मुक्त कण्ठले प्रशसा गरेका थिए । “पाइन् खबर घर फर्की आउनुस भो मेरो हजुर” झिल झिल सीतारा, परदेशी हुनाले भईयो बितारा जस्ता कालजयी गित सुनेर हुर्केका हामीहरुले उहालाई स्वयम भेट्न पाइयो भन्दै औधि खुसि व्यक्त गरेका थिए ।
प्रतिष्ठानले सम्मान पत्र र दोसल्ला ओढाएर गायिका कोइरालालाइ सम्मान गरेको थियो । सम्मान पछी बोल्दै गायिका कोइरालाले प्रबासमा पनि मिलेर गित संगितलाइ यसरि टेवा दिए रहेको देख्दा आफुलाई एकदम खुसि लागि रहेको बताउदै प्रतिष्ठान परीवारलाइ धन्यबाद दिदै आफनो पुरानो “आमा” गित गाउदै माहोललाइ गुन्जायमान बनाएकी थिइन । उनले आफुद्धरा लिखित ”जन्मेको आगनी” नामक पुस्तक प्रतिष्ठान परिवारलाई उपहार स्वरूप प्रदान समेत गरेको थिइन ।
कोइराला कास्की आदर्स सेवा समाज,कतारको आयोजना र त्यसकै मातहतमा रहेको सास्कृतिक बिभाग फेवा सास्कृतिक परिवारको पहल र सहयोगमा नेपालि नारीहरुको बिशेस पर्ब हरितालिका तिज २०७५ को सुभ अबसरमा आफनो साँगितिक प्रस्तुति दिन कतार आएकी हुन् ।
उनि लोक गायिका मात्र नभएर साहित्यकार, कवीयत्री तथा प्राज्ञ व्यक्तित्व समेत हुन् । कार्यक्रमको समापन गर्दै सभापति बरालले सम्मानको अबसर जुराईदिनु हुने सम्पूर्णलाइ धन्यबाद दिदै दिदीको बाकि साँगितिक जिबनको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाइ सस्थाका सह-सचिब रित कुमार श्रेष्ठले सहजीकरण गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend