logo
  • शनिबार, साउन ३० २०८३

जिल्ला खेलकुद विकास समितिद्वारा खेलाडी सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गुल्मी, आषाढ १९ ।
जिल्ला खेलकुद विकास समिति गुल्मीले राष्ट्रपति रनिङ्ग शिल्डकप प्रतियोगितामा विभिन्न विद्यामा स्वर्ण पदक र अन्य पदकहरु ल्याउन सफल यहाँका खेलाडीहरुलाई सम्मान गर्नुका साथै नगद पुरस्कार समेत वितरण गरेको छ ।
2
कार्यक्रमका प्रमुख अतिथी संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको प्राविधिक कार्यालयका कार्यकारी निर्देशक विश्वमणी ज्ञवाली र स्थानिय विकास अधिकारी डिलाराम पन्थीद्धारा १७ जना खेलाडीहरुलाई सम्मान गराईएको थियो ।
1
समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले पोखरामा भएको क्षेत्रिय र काठमाण्डौंमा सम्पन्न राट्रिय स्तरको राष्ट्रपति शिल्ड कपमा स्वर्ण पदक जितेर जिल्लाको शिर उचो पार्न सफल खेलाडीहरुलाई थप हौसला बढाउन सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो ।

त्यस्तै त्यस कार्यालय प्रमुख दिपक केसीले गत केहि वर्ष देखि गुल्मीका खेलाडीहरुलाई पश्चिम नेपालकै उत्कृष्ट खेलाडी बनाउन आफुहरु सफल भएको भन्दै आगमी दिनमा पनि सवैको सहयोग भए उनिहरुको विकास अझै गर्न सकिने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend