साझा नेटवर्क
धुर्ब क्षेत्री , कतार ।
नयाँ शक्ति पार्टी नेपालको प्रवास भात्री संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले गत ३१ अगस्टमा सम्पन्न गरेको एतिहासिक प्रथम अधिबेशन कार्यक्रमको बैठकमा गत १४ सेप्टेम्बर २०१८ का दिन सनैयाको ग्रेण्ड महल स्थित साँझ रेष्टुरेन्टको सभा हलमा सम्पन्न गरेको छ ।
संगठनका अध्यक्ष देव परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठनका नव निर्वाचित सम्पूर्णको पधादिकारीहरुको उलखिनिय उपस्थित्व रहेको थियो । एतिहासिक अधिबेसनको बारेमा संगठनका सदस्यहरुले रिपोर्टिङ्गको क्रममा केहि कमि कमजोरी भए पनी समग्रमा अधिबेसन सभ्य र भब्य रुपमा सम्पन्न भएको निष्कर्ष उपस्तिती कमिटिले निकालेको थियो भने संगठनका कोषाध्यक्ष अध्यक्ष रामजी सुबेदीले संगठनको आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
बैठकमा संगठनका प्रशिक्षण बिभागका प्रमुख सिसि सुबेदी, सल्लाहकार संयोजक दुर्गा सुनार, सल्लहाकार ध्रुब क्षेत्रिले संगठनको बारेमा धारणा राखेका थिए । उक्त बैठकले २३ जना सचिवालय सदस्य रहने गरि कमिटि निमार्ण गरेको छ अध्यक्ष परियारको अदाक्ष्यतामा रहने गरि जसमा कमल घिमिरे, दुर्गा सुनार, सिसि सुबेदी, शिबराज भट्टराई, बिरेन्द्र महतो, ध्रुब क्षेत्रि,रमेश सिंह खति, राजेन्द्र पराजुली,अनिल परियार,मनोज दाहाल, मिन बहादुर चलाउने, अब्दुल करिम मिया, सन्तोष तिमिल्सेना, मान बहादुर डाँगी, नबराज लामिछाने,रामहरी खनाल, रामजी सुबेदी, राजु नेपाली,कमलेश महतो, सागर अधिकारी, राम चन्द्र गिरि रहेका छन् भने सचिवालयको बैठक छिटै नै बस्ने बताईएको छ ।
संगठनका निबर्तमान सह संयोजक एजाज हुसेन मुकेरी त्यसैगरी सस्थापक सदस्य जयमनि जैसी कर्म भुमि कतारको बसाइलाइ बिट मार्दै जन्मभूमि नेपाल प्रस्थान गर्न लाग्नु भएको हुदा संगठन निर्माणमा खेल्नु भएको महत्वपुर्ण भूमिकाको उच्च मुल्यांकन गर्दै अध्यक्ष लगायत सल्लाहकारहरुले दुवै जनालाई नेपालको बसाई सुखमय एबम फलदायी रहोस भनि शुभकामनाका, संमान पत्रका साथै खादा ओढाएर सम्मान तथा बिदाई गरिएको थियो ।
अन्तमा अध्यक्ष देव परियारले उपस्थित सबैलाई धन्यबाद दिदै संगठनको स्थापना काल देखि बिभिन्न समयमा अहोरात्र खटिनु भएका सम्पूर्ण कार्यकर्ता प्रति कृतज्ञात प्रकट गर्दै एतिहासिक प्रथम धिबेसनमा भएका केहि त्रुटिहरुलाई संचाउने र आगामी दिनहरुमा व्यवस्थित तथा मर्यादित बनाउने बाचा गर्दै सहयोग सुझाब दिनुहुने सबैमा धन्याबाद व्यक्त गर्दै कार्यक्रमको समपन्न गरेका थिए भने कार्यक्रमको सहजीकरण संगठनका महासचिब मान बहादुर डाँगी ले गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend