साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार भदौ ३१।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, नि:स्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको सातौं साधारणसभा पछिको प्रथम मासिक बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठक सस्थाका नव निर्वाचित अध्यक्ष झविन्द्र आचार्यको अध्यक्षतामा बसेको थियो । साथै बैठकमा कार्यसमितिका पदाधिकारीहरु तथा रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । गुल्मी सेवा समाज कतारको सातौ साधारणसभा गत २४ अगष्ट २०१८ का दिन सम्पन्न भएको थियो । सोहि साधारण सभाले चयन गरेको नया कार्यसमिति बीच एक आपसमा परीचयात्मक कार्यक्रम गरी बैठकलाई अगाडी बढाइएको थियो ।
गत २४ अगष्ट २०१८ का दिन सम्पन्न समाजको सातौं साधारणसभाको समिक्षा गतहप्ता नै गरी सकीएको र सोहि साधारणसभालाई सभ्य एवम भव्य रुपमा सम्पन्न बनाउनका लागि विभिन्न कोणबाट सहयोग पुराउनु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिएको थियो ।
बैठकमा बोल्दै नव निर्वाचित अध्यक्ष आचार्यले गुल्मी सेवा समाज एउटा नि:स्वार्थ सेवा भाव बोकेको सामाजिक सस्था हो, हामीले अझ सशक्त एवम कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई समेट्दै एक साथ भएर आगाडी बढ्नु पर्ने कुरा बताए ।
बैठकमा रिक्त रहेका पदपूर्ति समेत गरिएको छ, महिला संयोजक मिना खड्का, साँस्कृतिक संयोजक देव लम्साल, संरक्षक शिव खड्का, वरिष्ठ सल्लाहकार द्रोण बस्नेत, प्रमुख सल्लाकार बुद्ध पाण्डे त्यस्तै सल्लाहकारहरुमा भिम तरामु, विजय बस्नेत, बिष्णु गौतम, सुरेन्द्र खातीलाई चयन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend