साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
रोल्पा जलजला सेवा समाज दोहा कतारको मासिक बैठक सम्पन्न सम्पन्न भएको छ । बैठकमा समाजका कार्यबाहक अध्यक्ष वसन्त थापाको अध्यक्षता तथा समाजका सस्थापक पुर्ब अध्यक्ष सुर्य बहादुर बिस्वकर्मा, सस्थापक पुर्ब अध्यक्ष चेतमान रोका मगर विशेष अतिथि रहनु भएको थियो ।
त्यसैगरी अतिथिमा अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका अध्यक्ष केसब खडका, बराह क्षेत्र संरक्षण समिति कतारका अध्यक्ष बलाराम जैसी, राक प्रबासी सेवा समाजका सल्लाहकार शेर बहादुर ओलि, रोल्पा जलजला सेवा समाजका सल्लाहकार छवि गुरुङ, दलित एकता सन्जाल बडाचौर ५ का होम बहादुर बिस्वकर्मा रहनु भएको थियो ।
कार्यक्रममा समाजका कोषाध्यक्ष शिबलाल केसिले स्वागत मन्तव्य दिनु भएको थियो भने सम्पूर्ण उपस्थितको परिचयात्मक कार्यक्रमले सबैको मन हर्सित भएको थियो । कार्यक्रममा समाजको केही रिक्त स्थान पदपूर्ति गर्नु पर्ने भएको हुदा तत्काल समाजको अधिवेशन नहुने गरि केही रिक्त पद पुर्ती गरिएको छ ।
प्रथम उपाध्यक्ष गोपाल केसि, द्वितिय उपाध्यक्ष जीवन खड्का, सचिव हुकुम पुन, सह-कोषाध्यक्ष नन्दलाल केसि, सदस्यहरुमा टोप बहादुर बिष्ट, प्रेम घर्ती मगर, हर्क वीर बुढा मगर, कुलपती घर्ती, अर्जुन थापा, शेर बहादुर ओली, बम बहादुर खड्का, नरबहादुर घर्ती, राम कुमार थापा, याम बहादुर गिरि रहनु भयको छ भने सल्लाहकारमा धिरेन्द्र डाङी, नरेन्द्र घर्ती मगर, टेक बहादुर खड्का रहनु भएको छ ।
कार्यक्रममा समाजका सस्थापक सुर्यबहादुर बिकले समाजको बारेमा प्रस्ट पार्नु भएको थियो भने शुभकामना मन्तव्य क्रमशः केशव खड्का, छवि गुरुङ, बलाराम जैसी, शेर ओलि चेतमान रोका मगर, जीवन खड्काले राख्नु भयको थियो । कार्यक्रम संचालन रोल्पा जलजला सेवा समाजका महासचिव देबराज पुन ले गर्नुभयको थियो ।
सनैया स्थित एभिनिङ्ग स्पाइस रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमका का.वा. अध्यक्ष थापाले उपस्थित सबैलाइ धन्यवाद दिदै कार्यक्रम अत्यन्तै राम्रो सोचेभन्दा फरक सान्त रहेको र आउदा दिनहरुमा तापाइ हामी सबै यसरी नै एक जुट भएर अन्य कार्यलाइ सफल पार्नेछौ भन्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend