साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
एनआरएन एनसीसी, कतारको समन्वयमा कतारमा स्थापित संघ संस्थाहरुको संयुक्त आयोजनामा कतारमा स्थापित संघ सस्थाको सयुक्त आयोजनामा सब्य र भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ ।
दोहा जैदा ब्रिजको स्थित रहेको गल्फ प्याराडाईज होटलको सभा हालमा आयोजित कार्यक्रममा कतारमा स्थापित संघ सस्थाहरु मध्य ७७ औं संघ संस्थाको समन्वयमा एनसीसी कतारका अध्यक्ष नबिन पोखरेलको सभापतित्वमा नेपाली दुताबास माहमहिम राजदुत प्रो. रमेश प्रसाद कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सुस्मा कोईराला, दूतावासकी द्वितीय सचिव रिचा भट्टराई, तृतीय सचिव जिना अधिकारी, एनआरएनए आईसीसी मानार्थ सदस्य नरेन्द्र भाट , एनआरएनए आईसीसी मानार्थ परिषद सदस्य कुमार कार्की , आईसीसी मानार्थ परिषद सदस्य बिमल सुबेदी , आईसीसी मानार्थ सदस्य बिनोद भट्टराई बिशेष अतिथ्य रहेको थियो ।
कार्यक्रममा कतारमा स्थापित संघ संस्थाहरु प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्दिजिबि, पत्रकारको अतिथ्य रहेका थिए । भने उक्त कार्यक्रममा महिला दिदीबहिनीहरुको संख्यात्मक पुरुष दाजुभाईको भन्दा उलखिनिय रहेको थियो । साथै उपस्थिति सबैलाई दरमा सेल रोटी खिर अचारका परिकारहरु गोर्खा रेष्टुरेन्ट र मण्डेला रेष्टुरेन्टले ब्यावस्थापन गरेको हो । प्रवासमा रहेर पनि नेपाली दिदीबहिनीहरुलाई सामुहिक रुपमा भेला गरि नेपाली परम्परा अनुसार तिजको दर खुवाउने प्रचलन बिगत केहि बर्षदेखि निरन्तर रुपमा बृहत कार्यक्रमको आयोजना गरि संघ संस्थाहरुले मनाउदै आएका छन् ।
कार्यक्रमा स्वागत मन्तब्य एनआरएनए एनसीसी कतारको महिला बिभागकी संयोजक सरिता गुरुङले प्रस्तुत गरेकी थिइन् भने सुभकामना मतब्य आयोजक संस्थाको तर्फबाट नेपाली महिला समाजकी उपाध्यक्ष जानुका बस्नेत , विवेकशिल साझा कतारका अध्यक्ष सुरेश भट्ट ,एनसीसी सल्लाहकारकोहरुको तर्फबाट गुरु नारायण रानाभाट , आईसीसीको तर्फबाट नरेन्द्र भाट , प्रदेश नम्बर १ समन्वय परिषदका महासचिब टी एन बरालले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रमुख अतिथि महामहिम राजदुत प्रो. रमेश प्रसाद कोईरालाले सम्बोधन गर्दै हरितालिका तिजको पावन सुभ अबसरमा सम्पूर्ण महिलादिदीबहिनीहरुलाई हार्दिक मंगलमय सुभकामना व्यक्त गर्नु भएको थियो भने सभापति द्वारा कार्यक्रम सम्पन्न गर्दै सम्पूर्ण आयोजक संस्थाहरुलाई बिशेष धन्यवाद प्रकट गर्नु भएको थियो ।
संघका महासचिब बुधबल गुरुङ र महिला समाजकी महासचिब अम्बिका खत्री को संचालमा सुभारम्भ गरिएको थियो भने सांस्कृतिक कार्यक्रमको संचालन आशा थापा मगरले गरेको थिइन ।संघको निमन्त्रणा नेपाल देखि आएकी राष्ट्रिय कलाकार सिलु भट्टराईले आ-आफ्ना फरक खालाका करिव आधा दर्जन भन्दा बढी गित प्रस्तुत गरेर दर्शक श्रोतालाई स्टेजमा छम छम नचाएकी थिइन् ।
नेपाल तामाङ् कलाकार संघ कतारको तर्फबाट सामुहिक नृत्य तिजको रहर आयो बारी लै सबिना तामाङ् ,सल्मा तामाङ् , मन्जु श्रेष्ठ , पुजा लामाले नृत्य प्रस्तुत गरेका थिए , झुक्यायो एनाले सामुहिक नृत्य बिष्णु गुरुङ , सिला गुरुङ , बिन्दा लिम्बु , गीता भुजेल , रमा मगर , रुजु न्यौपाने , रन्जिता अधिकारी र पुजा मगर ,नेपाली कला केन्द्र तथा तमु सांस्कृतिक परिवार राष्टिय लोकदोहोरी प्रतिष्ठान , शाखा कतार गायक रित श्रेष्ठ यो तिजको गितैले प्रस्तुति दिएका थिए ।
त्यसैगरी तमु सांस्कृतिक परिवार ,नृत्य बर्ष दिनको तिज जिना पुलामी मगर नेपाली कला केन्द्र , सामुहिक नृत्य रक्षा सेन , सम्झना गुरुङ , रेखा डागी , सुशिला सिँह दाङ देउखुरी सेवा समाज , आशा देखाउछन जनक मगर गीता भुजेल कला केन्द्र ,एकल नृत्य बिन्द लिम्बु तमु सांस्कृतिक परिवार रन्जना एक दर्जन भन्दा बढीले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend