logo
  • शनिबार, भाद्र २० २०८३

“तिज विशेष कार्यक्रम”का लागि गायिका शिलु भट्टराई कतार आइपुगिन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेक राज थापा , कतार ।
एनआरएन एनसीसी, कतारको समन्वयमा कतारमा स्थापित संघ संस्थाहरुको संयुक्त आयोजनामा “तिज विशेष कार्यक्रम”का लागि  गायिका  शिलु भट्टराई कतार आइपुगेकि छन् ।संस्थाका महासचिव बुधबल गुरुङ, द्वितीय उपाध्यक्ष सुदर्शन भट्ट , महिला युवा संयोजक सुश्री माया केसी नेपाली महिला समाजकी महासचिव अम्बिका खत्री लगाएतले  हमद अन्तर्राष्ट्रिय एअरपोर्टमा गायिका  भट्टराईलाई भब्य स्वागत गरेका थिए ।गैरआवासीय नेपाली संघ,राष्टिय समन्वय परिषद्को समन्वयमा कतारमा स्थापित संघ सस्थांहरुको संयुक्त आयोजनामा भोलि हुन् गई रहेको  तिज बिशेष कार्यक्रममा प्रवासमा रहेका नेपाली महिला दिदीबहिनीहरुलाई तीजका भाकाहरुमा  छमछमी नचाउन र  नाच्न शिलु भट्टराई  कतार आएकिछन । उपस्थित सम्पूर्णलाई मनोरन्जन प्रदान गर्दै कतारमा रहेका स्थानीय कलाकारहरुले  पनि आ-आफ्ना प्रस्तुतिहरु  प्रस्तुत गर्ने छन् ।

समाजले स्थापना काल देखि नै कतारमा स्थापित संघ संस्थाहरु बीच समन्वयमा बिभिन्न चाड पर्वहरुलाई निरन्तरता दिदै आएको छ। आयोजना गरिएको उक्त कार्यक्रम  भोलि  १४ सेप्टेम्वर २०१८ शुक्रबारका दिन दोहा स्थित जैदा ब्रिज नजिक गल्फ प्याराडाईज  होटलको सभा हालमा स्थानीय समय अनुसार दिउसो १२:०० बजेबाट सुरु हुदै छ ।

कार्यक्रमा आयोजक रुपमा कतारमा कार्यरत महिला दिदीबहिनीहरुलाई समक्ष आयोजक संस्थाको तर्फबाट एनआरएन एनसीसी कतारले गरिमामय उपस्थितिको बिभिन्न सामाजिक संजाल मार्फत हार्दिक अपिल गरेको छ । स्थापित विभिन्न संघ संस्थामा आबद्ध रहेका महिला विभागलाई उपस्थितिको लागि बिशेष आहवान गरेको छ।

साथै महिला दिदीबहिनीहरुलाई भने प्रवेश सुल्क निसुल्क गरिएको छ आयोजक सस्थाको तर्फदेखि एक/एक जना प्रवेश गर्न पाउने छन् भने अन्य पुरुष व्यक्तिहरुलाई प्रबेश सुल्क क.री ५० लाग्ने एनसीसीका प्रचारप्रसार संयोजक अशोक तामाङ्गले जानकारी गराएका छन् ।


कार्यक्रममा आयोजक संघ संस्थाहरुको नाम यस प्रकार उल्लेख गरिएको छ

१. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,कतार
२. प्रबासी नेपाली मन्च,कतार
३. जन सम्पर्क समिति कतार
४. जनप्रगतिशील मन्च,कतार
५. तराई मधेश प्रवासी मंच कतार
६. नेपाली संघिय समाज कतार
७. अन्तर्राष्ट्रिय नेपाली समाज, कतार (नयाँ शक्ति)
८. बिबेकशिल साझा,कतार
९. नेपाल प्रवासी आदिवासी जनजाति महासंघ,
१०. नेपाली महिला समाज, दोहा-कतार
११. खस क्षेत्री सेवा समाज ,कतार
१२. दलित एकता सञ्जाल,राष्ट्रिय समन्वय समिति,कतार
१३. अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज ,कतार
१४. नेपाली मुस्लिम समाज कतार
१५. खोटाङ्ग सेवा समाज, कतार
१६. मोरङ्गसुनसरी सेवा समाज, कतार
१७. ओखलढुंगा सेवा समाज, कतार
१८. पाथीभरा सेवा समाज ताप्लेजुङ ,कतार
१९. झापाली समाज, कतार
२०. धनकुटा प्रवासी सेवा समाज, कतार
२१. उदयपुर प्रवासी सेवा समाज, कतार
२२. सुनसरी श्रृजनशिल परिवार, कतार
२३. पाँचथर सेवा समाज ,कतार
२४. भोजपुर सेवा समाज, कतार
२५. इलाम सेवा समाज, कतार
२६. तेह्रथुम सेवा समाज, कतार
२७. संखुवासभा समाज, कतार
२८. लालभित्ती युवा समुह दोहा, कतार
२९. धराने आउट अफ धरान, कतार
३०. बेलबारी सरोकार समाज कतार
३१. सिराहा सेवा समिति, कतार
३२. सर्लाही प्रबासी सेबा समाज दोहा कतार
३३. चितवन युवा समूह, कतार
गण्डकी प्रदेश अन्तर्गतका संस्थाहरु
३४. म्याग्दी प्रवासी नपाली संघ –(मोना कतार)
३५. गोरखा सेवा समाज, कतार
३६. पर्वत युवा सेवा समाज, कतार
३७. तनहुँ सेवा समाज, कतार
३८. लमजुङ सेवा समाज, कतार
३९. स्याङ्जा सहयोग समाज, कतार
४०. बागलुङ सेवा समाज, कतार
४१. गुल्मी सेवा समाज, कतार
४२. अर्घाखाँची सेवा समाज, कतार
४३. पाल्पाली सेवा समाज, कतार
४४. समाज सेवा अभियान रुपन्देही,कतार
४५. दाङ देउखुरी सेवासमाज कतार
४६. बुद्धभुमि कपिलवस्तु सेवासमाज कतार
४७. प्यूठान सेवा समाज कतार
४८. रोल्पा जलजला सेवा समाज दोहा कतार
४९. बाँके प्रवासी सेवा समाज कतार
५०. बराहक्षेत्र संरक्षण समिति बडाचौर रोल्पा,कतार
५१. सुदुर पश्चिमेली नेपाली समाज, कतार
५२. नेपाल प्रवासी तामाङ समाज कतार
५३. तमू (गुरुङ ) समाज कतार, महिला बिभाग
५४. नेपाल मगर संघ , शाखा कतार
५५. किराँत राई यायोक्खा शाखा दोहा,कतार
५६. नेपाली धानुक समाज कतार
५७. प्रवासी भुजेल समाज कतार
५८. थारु कलयाणकारिणि सभा कतार च्यापटर
५९. नेवा पुच कतार
६०. किराँत याक्थुङ चुम्लुङ कतार
६१. माझी सेवा समाज कतार
६२. प्रवासी कटुवाल सेवा समाज कतार
६३. राष्ट्रीय लोकदोहोरी गित प्रतिष्ठान शाखा कतार
६४. मितेरी समाज शाखा कतार
६५. “सन्ध्याग्रुप अल्खोर कतार ”
६६. हिमालयन युवा समाज कतार
६७. नेपाल तामाङ कलाकार संघ, दोहा-कतार
६८. कपिलवस्तु मुस्लिम सेवा समाज,कतार
६९. अन्तर्राष्ट्रिय मैथिली कला संस्कृति समाज,कतार
७०. परियार मित्रता समाज,कतार
७१. बिश्वकर्मा समाज कतार
७२. ठकुरी सहयोग सञ्जाल कतार
७३. एभरेष्ट नेपाल युवा संघ,कतार
७४. दशनामी समाज कतार
७५. अमर ज्योती युवा समूह,कतार
माथि उल्लेखित संघ सस्थाहरु आयोजक रहनेछन ।


प्रकाशित मिति : २८ भदौ २०७५ 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend