logo
  • शनिबार, भाद्र २० २०८३

न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्स लुधियानाको आयोजनामा तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

पशुपति श्रेष्ठ लुधियाना भदौ २५ गते । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्सले तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

भारतको पञ्जाव राज्य लुधियाना जिल्लाको फोकल प्वाइन्ट स्थित जिवननगरमा आईतवार सम्पन्न गरेको हो ।

समितिका अध्यक्ष नारायण पौडेलको सभापतित्व सिमरजित सिंह ढिल्लों को प्रमुख आथित्यता लुधियानाका विभिन्न वार्डका कन्सलरहरु प्रवासी नेपाली संघका हरि घिमिरे मुल प्रवाहका विमला अधिकारी,जन सम्पर्क समितीका राम वहादुर , समाजसेवी विकास रेश्मी ,अजय विक लगायतको आथित्यता रहेको थियो ।

लोक तथा दोहोरी गायक नारायण बिपि परियार गायिका अनु रानामगर ,पवित्रा सर्तुङ्गे ,मोडल तथा गायिका अमृता बरालले दर्शकहरुले खचाखच भरिएको कार्यक्रमहलमा आफ्नो प्रस्तुति देखाउदै उपस्थित दर्शकहरुलाई छमछमी नचाएका थिए ।

त्यस्तै खुल्ला तिज गित प्रतियोगिता कार्यक्रममा ५ टिमले सहभागीता जनाएका थिए भने जसमा चन्दा सुनुवारको टिम प्रथम पुष्पा भाटको टिम दृतिय र पुजा परियारको टिम तृतीय भएका छन । विजेता टिमलाई नगद सहित प्रमाणपत्र पुरस्कार स्वरुप दिइएको थियो ,कार्यक्रम समितिका सचिव राम प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend