साझा नेटवर्क
साझा नेटवर्क , कतार ।
दाङ्ग देउखुरी सेवा समाजले आयोजना गरेको तिज विशेष कार्यक्रममा नेपाल देखि आएका राष्ट्रिय कलाकारलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ।
गत ८/७/२०१८ सनिवारका दिन नज्मा स्थित रहेको नेपाली रेष्टुरेन्ट द गोर्खा को सभा हलमा समाजले आमन्त्रित् गरेको तिज बिशेष कार्यक्रमको लागि आफ्नो साँगितिक प्रस्तुति दिन नेपाल देखि आएका कलाकार राष्ट्रिय गायिका कामना ओलि, अमृता लामिछानेलाई समजाले सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष बसन्त राज पुरिको सभापतित्वमा सप्पन्न कार्यक्रममा विशेष अतिथी प्रमुख सल्लाहकार सुर्य सुवेदी ,वरिष्ठ सल्लाहकार गणेश प्रसाद बन्जाडे, लुमाकान्त पुन ,तिज विशेष कार्यक्रम संयोजक छबिलाल बुढाथोकी,तेसै गरि महिला बिभागकी संयोजक उषा परियार ,सस्कृतिक बिभाग संयोजक केशव बुढा , नेपाल देखि कलाकार_ल्याउनमा महत्त्वपूर्ण_भुमिका_ निभाएकी महिला विभागकी सह संयोजक मनिषा खड्का उपस्थितित्व रहेको थियो ।
समाजका प्रथम उपाध्यक्ष हेम बहादुर बस्नेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा साझा नेटवर्कका सम्पादक कुमार अबिरल पन्थी र तिलु शर्मा पौडेल लगायत संस्थाका महासचिव लिलाधर आचार्य कार्यसमिति सदस्यहरु महिला बिभाग सचीव मन्जु सिंह तथा अन्य महिला दिदिबहिनीहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष निवर्तमान कार्यसमिति वरिष्ठ सल्लाहकार गणेश बन्जाडेले संस्थाले स्थापना काल देखिनै कतारमा स्थापित सामाजिक संघ संस्थाहरु सँग हातेमालो गर्दै प्रवासमा परेका जिल्ला तथा गैर जिल्लाबासीहरुको निमित्त आर्थिक भौतिक नैतिक सहयोग गर्दै आएकोमा स्मरण गराउदै प्रशंसनीय रहेको बताए ।
सम्मानित गायिका कामना ओलिले यहाँसम्म बोलाएर आफ्नो प्रतीभा प्रस्तुत गर्ने मौका दिनु भएकोमा अध्यक्ष लगायत सम्पुर्ण दाङ्ग देउखुरी सेवा समाजका पदाधिकारीहरु सम्पुर्ण आयोजक टिमलाई धन्यवाद व्यक्त गर्दै समाजको खुलेर प्रशंसा गरेकी थिइन ।
मन्तब्यको क्रममा प्रमुख सल्लाहकार सुर्य सुबेदीले दोहामा स्थापित सबै समाजिक संस्थाले सहकार्य गर्दै जिल्लामा मात्रै नभएर अन्य जिल्लामा पनि थुप्रै सामाजिक काम गर्दै आएको बताएका थिए । अन्तमा कार्यक्रमका सभापति बसन्त राज पुरीले कार्यक्रम समापन्न गर्दै नेपाल देखि कलाकार ल्याउनुमा महत्त्वपूर्ण भुमिका खेल्नु हुने मनिषा खडका छबिलला बुढाथोकी लगायत सम्पुर्ण कार्यसमितिलाई कार्यक्रम भब्य सभ्य सफल भएकोमा खुसी व्यक्त गर्दै सबैलाई बिशेष धन्यवाद व्यक्त गरेका थिए ।
यहाँहरुको आगामी दिनहरुमा अझै संगीतिक क्षेत्रहरुमा सफलताको कामना गर्दै यात्रा सफलताको कामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष मिनराज पुनले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend