साझा नेटवर्क
हुमाकान्त पाेखरेल,गुल्मी भदाै २४ ।
अनेरास्ववियु कप २०७५’ का उपाधि रेसुङ्गा नगरपालिकाकाे महेन्द्र नमुना माध्यमिक विद्यालयले हात पारेको छ । उसले मुसिकोट नगरपालिका वामीको महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ० का विरुद्ध १ गोल गर्दै उपाधि हात पारेको हो ।
निर्धारित समयमा कुनै पनि समूहले गोल गर्न नसकेपछि समय थपिएको थियो । थपिएका समयमा महेन्द्र नमुना माविका तर्फबाट विशाल अधिकारीले गोल गरेका हुन् । जित पारेसँगै उसले २५ हजार नगद प्राप्त गरेको छ ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीको संयुक्त आयोजनामा तम्घास चिदिचौरमा ‘अनेरास्ववियू कप २०७५’ भदौ २० गतेबाट संचालन भएको थियो । प्रतियोगितामा वामीस्थित महेन्द्र आदर्श मावि द्धितिय भएको छ ।
उसले १५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा तृतिय स्थानका लागि पनि आइतबार नै खेल भएको थियो । जसमा रिडर्स पब्लिक हाई स्कूलले जित पारेको छ । उसले ब्रिलियन्ट युनाइटेड एकेडमिलाई ० का विरुद्ध ६ गोल गर्दै तृतिय स्थान सरक्षित गरेको हो ।
रिडर्स पब्लिक हाई स्कूलले १० हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । खेलमा उत्कृष्ठ खेलाडी, गोलकिपर तथा स्कोररलाई पनि पुरस्कार प्रदान गरिएको थियो । साथै विजेताहरुलाई मेडल, ट्रफि तथा प्रमाण पत्र पनि प्रदान गरिएको खेल संयोजक हरी कुँवरले जानकारी दिए ।
विद्यार्थीहरुको बढ्दो खेलप्रतिको रुचिलाई मध्यजनर जिल्लाभित्रका विद्यालय स्तरिय खुल्ला फूटबल प्रतियोगिताको आयोजना गरेको अनोरा स्ववियू रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend