logo
  • शनिबार, साउन ३० २०८३

खेल क्षेत्रको विकासमा प्रदेश सरकार लागिपरेको छ : सासंद पन्थी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल , गुल्मी भदौ २४ ।
गुल्मी क्षेत्र नम्बर २ प्रदेश २ का सासंद तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दिनेश पन्थीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिपरेको बताएका छन्।
खेल क्षेत्रले समाज र राष्ट्रको पहिचान बनाउने भन्दै उनले यस्तो बताएका हुन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीद्धारा आयोजित ‘अनेरास्ववियू कप २०७५’ को समापन कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘खेल क्षेत्र समग्र राष्ट्रको पहिचान हो, यसको माध्यमबाट प्रदेशले पनि आफ्नो पहिचान बनाउन चाहेको छ ।

’ नेता पन्थीले भने, ‘त्यसको विकासका लागि हामी लागिपरेका छौ ।’ त्यसका साथै प्रदेश सरकारले खेलसम्बन्धि नयाँ नीति ल्याई प्रदेशबाटै दक्ष खेलाडी उत्पादन पनि उनले जानकारी दिए ।


प्रकाशित मिति : २४ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend