logo
  • शनिबार, साउन ३० २०८३

अनेरास्ववियू कपका सबै फाइनल खेल आज हुने : ६ समुह प्रतिस्पर्धामा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल,गुल्मी भदौ २४ ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीको संयुक्त आयोजनामा तम्घास चिदिचौरमा चलिरहेको ‘अनेरास्ववियू कप २०७५’ मा शनिबार तिनवटा खेलहरु भएका छन् ।जसमा महेन्द्र नमुना मावि तम्घास, महेन्द्र आदर्श मावि वामि मुसिकोट र रिडर्स पब्लिक हाई स्कूल फाइनलमा पुगेका छन् । पहिलो खेलमा रिडर्स पब्लिक हाइ स्कूलले ब्राइटर इङ्गिस बोर्डिङ स्कूललाई ० का विरुद्ध २ गोलले जित हात पारेको छ । त्यस्तै दोस्रो खेलमा महेन्द्र आदर्श माविले ब्रिलियन्ट इङ्गिस बोर्डिङ स्कूललाई ० का विरुद्ध तिन गोलले जितेको छ । भने तेस्रो खेलमा महेन्द्र नमुना माविले रिडर्स पब्लिक हाई स्कूललाई ० का बिरुद्ध एक गोलले जित हाँसिल गरेको अखिल क्रान्तिकारी का नेतृ विष्णुमाया कुँवरले जानकारी दिइन् ।

फाइनल खेल आज  हुँदैछ । तितृय स्थानका लागि रिडर्स पब्लिक हाई स्कूल र ब्रिलियन्ट युनाइटेड एकेडमि भिड्नेछन् । त्यस्तै प्रथम र द्धितिय स्थानका लागि महेन्द्र नमुना मावि तम्घास र महेन्द्र आदर्श मावि मुसिकोटबिच खेल हुने खेल संयोजक हरी कुवँरले जानकारी दिए । खेलमा प्रथम हुनेलाई नगद रु. २५ हजार, द्धितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

विद्यार्थीहरुको बढ्दो खेलप्रतिको रुचिलाई मध्यजनर जिल्लाभित्रका विद्यालयस्तरिय खुल्ला फूटबल प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ । विजेता हुने सबै समूहलाई मेडल तथा प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले बताएको छ । खेलको भदौ २० गते ५ नम्बर प्रदेश सासंद तथा संंसदीय विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका थिए । खेलमा कुल १५ समूहले सहभागिता जनाएका थिए ।


प्रकाशित मिति : २४ भदौ २०७५  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend