logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम हुदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेक राज थापा , कतार ।
एनआरएन एनसीसी, कतारको समन्वयमा कतारमा स्थापित संघ संस्थाहरुको संयुक्त आयोजनामा तिज बिशेष  कार्यक्रम हुने भएको छ ।

नेपाली हिन्दुनारीहरुको महान् चाड हरितालिका तिजको अबसरमा प्रवासमा रहेका नेपाली दिदीबहिनीहरु बिचको भातृत्वको भावानालाई प्रर्वद्धन गर्न,गराउनको लागी संस्थाले यस्ता कार्यक्रम गरिदै आएको छ।

गैरआवासीय नेपाली संघ,राष्टिय समन्वय परिषद् कतारको समन्वयमा कतारमा स्थापित संघ सस्थांहरुको संयुक्त आयोजनामा नेपालबाट राष्टिय कलाकार शिलु भट्टराईको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

समाजले स्थापना काल देखि नै कतारमा स्थापित संघ संस्थाहरु बीच समन्वयमा बिभिन्न चाड पर्व मनाउदै आएको छ। हाल परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै वातावरण बनाउन एकै स्थानमा भेला गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउने निणर्य गरेको संस्थाका महासचिब बुधबल गुरुङले साझा नेटवर्कलाई जानाकारी दिए।

कार्यक्रमा आयोजक रुपमा कतारमा कार्यरत महिला दिदीबहिनीहरुलाई समक्ष आयोजक संस्थाको तर्फबाट एनआरएन एनसीसी कतारले गरिमामय उपस्थितिको लागि हार्दिक अपिल  गरेको छ ।  स्थापित विभिन्न संघ संस्थामा आबद्ध रहेका महिला विभागलाई उपस्थितिको लागि बिशेष आहवान गरेको छ।

साथै महिला दिदीबहिनीहरुलाई भने  प्रवेश सुल्क निसुल्क गरिएको छ भने पुरुष दाजुभाईहरुलाई प्रबेश सुल्क क.री ५० लाग्ने एनसीसीका  प्रचारप्रसार संयोजक अशोक तामाङ्गले सम्बादको क्रममा जानकारी गराएका छन् ।

 अहिले सम्म प्राप्त जानकारी अनुसार कार्यक्रममा आयोजक संघ संस्थाहरुको  नाम यस प्रकार रहेको छ ।

१. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,कतार
२. अन्तर्राष्ट्रिय नेपाली समाज, कतार (नयाँ शक्ति)
३. बिबेकशिल साझा,कतार
४. नेपाल प्रवासी आदिवासी जनजाति महासंघ,
५. कतार नेपाली महिला समाज, कतार
६. खस क्षेत्री सेवा समाज ,कतार
७. दलित एकता सञ्जाल ,राष्ट्रिय समन्वय समिति ,कतार
८. अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज ,कतार
९. नेपाली मुस्लिम समाज कतार
प्रदेश नं १ अन्तर्गतका संस्थाहरु
१०. खोटाङ्ग सेवा समाज, कतार
११. मोरङ्गसुनसरी सेवा समाज, कतार
१२. ओखलढुंगा सेवा समाज, कतार
१३. पाथीभरा सेवा समाज ताप्लेजुङ ,कतार
१४. झापाली समाज, कतार
१५. धनकुटा प्रवासी सेवा समाज, कतार
१६. उदयपुर प्रवासी सेवा समाज, कतार
१७. सुनसरी श्रृजनशिल परिवार, कतार
१८. पाँचथर सेवा समाज ,कतार
१९. भोजपुर सेवा समाज, कतार
२०. इलाम सेवा समाज, कतार
२१. तेह्रथुम सेवा समाज, कतार
२२. संखुवासभा समाज, कतार
२३. लालभित्ती युवा समुह दोहा, कतार
२४. धराने आउट अफ धरान, कतार
२५. बेलबारी सरोकार समाज कतार
२६. सिराहा सेवा समिति, कतार
२७. सर्लाही प्रबासी सेबा समाज दोहा कतार
२८. चितवन युवा समूह, कतार
२९. म्याग्दी प्रवासी नपाली संघ –(मोना कतार)
३०. गोरखा सेवा समाज, कतार
३१. पर्वत युवा सेवा समाज, कतार
३२. तनहुँ सेवा समाज, कतार
३३. लमजुङ सेवा समाज, कतार
३४. स्याङ्जा सहयोग समाज, कतार
३५. बागलुङ सेवा समाज, कतार
३६. गुल्मी सेवा समाज, कतार
३७. अर्घाखाँची सेवा समाज, कतार
३८. समाज सेवा अभियान रुपन्देही, कतार
३९. बुद्धभुमि कपिलवस्तु सेवासमाज कतार
४०. सुदुर पश्चिमेली नेपाली समाज, कतार
४१. नेपाल प्रवासी तामाङ समाज कतार
४२. तमू (गुरुङ ) समाज कतार, महिला बिभाग
४३. नेपाल मगर संघ , शाखा कतार
४४. नेपाली धानुक समाज कतार
४५. प्रवासी भुजेल समाज कतार
४६. थारु कलयाणकारिणि सभा कतार च्यापटर
४७. नेवा पुच कतार
४८. किराँत याक्थुङ चुम्लुङ कतार
४९. प्रवासी कटुवाल सेवा समाज कतार
५०. राष्ट्रीय लोकदोहोरी गित प्रतिष्ठान शाखा कतार
५१. मितेरी समाज शाखा कतार
५२. “सन्ध्याग्रुप अल्खोर कतार ”
५३. हिमालयन युवा समाज कतार
५४. नेपाल तामाङ कलाकार संघ, दोहा- कतार
५५. कपिलवस्तु मुस्लिम सेवा समाज,कतार
५६. अन्तर्राष्ट्रिय मैथिली कला संस्कृति समाज, कतार
५७. परियार मित्रता समाज, कतार
५८. बिश्वकर्मा समाज कतार

 

तपसिल
मिति : १४ सेप्टेम्बर २०१८
समय : दिनको १२ .०० बजे
स्थान गल्फ प्याराडाईज  होटलको सभा हाल जैडा ब्रिज नजिक दोहा


प्रकाशित मिति : २३ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend