logo
  • शनिबार, भाद्र २० २०८३

बांग्लादेशमा अधिकांश इटली र जापानका नागरिक मारिए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

आषाढ १८ ।
बांग्लादेशको राजधानी ढाकास्थित एउटा रेष्टुरेण्टमा मारिएका बीस मध्ये नौ जना इटलीका र सात जना जापानका नागरिक भएको बताइएको छ। कम्तिमा एकजना बांग्लादेशी, दक्षिण कोरियाली र भारतीय पनि मारिएको बताइएको छ।

bangala des बांग्लादेशी सेनाका प्रवक्ताका अनुसार छ जना आक्रमणकारी मारिएका छन् भने बन्धक बनाइका १३ जनालाई सेनाले मुक्त गराएको छ। संदिग्ध इस्लामवादी उग्रवादीले गरेको उक्त आक्रमणमा संलग्न एकजना पक्राउ परेको अधिकारीहरुले जनाएका छन्।

धावा
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले ट्वीट गर्दै मृतक तारुषीको पितासँग कुरा गरेको र गम्भीर दुख व्यक्त गरेको बताएकी छन्। शुरुमा प्रहरीले होली आर्टिशन बेकरी क्याफेलाई शुक्रवार रातीदेखि कब्जामा लिएका हमलाकारीसँग संवादको प्रयास गरेको थियो। तर करिव ८ जना युवाको कब्जाबाट बन्धकहरुलाई मुक्त गराउन कमाण्डोको समूहले झण्डै १२ घण्टापछि धावा बोल्यो। युरोपेली शैलीको अलि महँगो उक्त क्याफे विदेशीहरु माझ लोकप्रिय थियो।

राष्ट्रिय शोक
एउटा टेलिभिजन भाषणमा बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले आतंकवादी निर्मूल पाने घोषणा गरिन्। बांग्लादेश सरकारले दुई दिवसीय राष्ट्रिय शोक घोषणा गरेको छ। प्रधानमन्त्री हसिनाले भनिन्, यदि देशका जनता जागरुक भए र यस विरुद्ध उभिए भने आतंककारी लडाकुका निम्ति बांग्लादेशमा कुनै स्थान हुने छैन। यो भूमिमा आतंकवाद विरुद्ध लडन सरकार कटिवद्ध छ

इस्लामवादी लडाकूहरुमाथि आरोप लगाइने गरेका महिनौंदेखिका श्रृँखलावद्ध हत्याका माझ उक्त घटना भएको छ, जसको पछाडि आफ्नो हात रहेको दावी लडाकू समूह इस्लामिक स्टेटले गरेको छ। इस्लाम धर्मग्रन्ध कुरानको श्लोक वाचन गर्न सक्नेलाई छाडिएको र अरुलाई नृशंसतापूर्वक मारिएको समाचारहरुमा जनाएको छ। प्रधानमन्त्री शेख हसिनाले भनिन, “यो एकदमै घृणित कार्य हो। उनीहरुको कुनै धर्म छैन। ती आतंकवादीहरुको विरोध गर्नुपर्छ।” प्रहरीले स्थानीय समय अनुसार बेलुकी ९ बजेर २० मिनेट जाँदा क्याफेमाथि बन्दुक धारीहरुले गोली हान्न शुरु गरेको जनाएको छ।

उक्त क्याफे विदेशी नागरिक, कूटनीतिज्ञ र मध्यम वर्गीय परिवार माझ लोकप्रिय रहेको बताइन्छ। यसैबीच, ढाकास्थित कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्सालले बांग्लादेशमा रहेका नेपालीहरु सुरक्षित रहेको बताएका छन्। उनका अनुसार घटनास्थल नेपाली राजदूतावासदेखि करिब एक किलोमिटर टाढा छ। bbc

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend