logo
  • शनिबार, भाद्र २० २०८३

प्रदेश न. ३ समन्वय परिषदको प्रथम अधिवेशनको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार ।
देश संघीय संरचनामा गए संगै परदेशमा पनि प्रदेश स्तरीय संघ सस्था खोल्ने लहर पछिल्लो समय निकै बढेको छ । यही लहरमा बैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत प्रदेश नं. ३ का नेपालीहरुले गत फेब्रुअरीमा प्रदेश न.३ समन्वय परिषद कतारको स्थापना गरेका थिए ।

“सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्ध नेपालको परिकल्पना” भने नारालाइ आत्मासाथ गर्दै प्रदेश नं. ३ अन्तर्गत पर्ने १३ जिल्लाका जिल्ला संस्थाको प्रतिनिधी पदेन सदस्य रहने गरी नन्द ढुंगानाको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति र ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको थियो ।

उक्त परिषदले आफनो प्रथम अधिबेशन यहि महिनाको १४ तारिक नज्माको सालीमार रेस्टुरेन्टमा समपन्न गर्ने भएको छ।

अधिबेशनलाई सफल बनाउन प्रदेश न.३ अन्तर्गत जिल्लाका सामाजिक सस्था, साहित्यिक, जातिय एबम विभिन्न प्रयोजनका लागि स्थापित सस्थाका प्रतिनिधि, ब्याबसायी, समाजसेवी, बुद्दिजिबी लगायत प्रदेश नं. ३ का नेपालीहरुमा दुंगानाले अनुरोध गरेका छन् । उनले अधिबेशनको तयारि अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend