logo
  • शनिबार, भाद्र २० २०८३

दाङ देउखुरी समाजद्वारा आयोजित “तिज विषेश कार्यक्रम”को तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर दाङ देउखुरी सेवा समाज दोहा कतारले आयोजना गरेको छात्रवृति कोष स्थापनार्थ “तिज विशेष कार्यक्रम”को तयारी पुरा भएको छ ।समाजले जिल्लामा रहेका जेहेन्दार तथा पिछडिएका विद्यार्थीहरुका लागि छात्रवृति कोष स्थापनार्थ “तिज विशेष कार्यक्रम”को आयोजना गरेको हो । कार्यक्रमका लागि पहिले तय गरिएको स्थान परिवर्तन गरी कतारको सनैया स्थित डल्ला ड्राइभिङ्ग एकाडमीको सभाहलमा सारिएको समाजले जानकारी दिएको छ ।

सोहि कार्यक्रमका लागि नेपालदेखी चर्चित लोक तथा दोहोरी गायिका अ्मृता लामिछाने तथा गायिका कामना ओलि बुधबार कतार आउदै छन । साथै सोहि कार्यक्रममा कतारमा रहेका दङ्गाली तथा गैर दङ्गाली कलाकारहरुको समेत प्रस्तुति रहनेछ ।

कार्यक्रममा महिलाहरुलाई प्रवेश नि:शुल्क गराइएको र पुरुषहरुलाई प्रवेशका लागि कतारी रीयाल ४० को टिकट रहेको आयोजक संस्थाका अध्यक्ष बसन्तराज पुरीले साझा नेटवर्क सँगको कुराकानीका क्रममा बताए ।

समाजले कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरुलाई निमन्त्रणा पत्र पठाई सकेको र कुनै कारणले पत्र प्राप्त नभएको भए यसै समाचारलाई आधार मानेर उपस्थित भईदिन समेत आग्रह गरेको छ ।

रोजगारीको सिलसिलामा कतारमा रहनुहुने दाङ जिल्ला बासी तथा गैर दङ्गाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त दिन उपस्थित भएर कार्यक्रम सभ्य एवम् भव्य रुपमा सफल बनाउन समेत अनुरोध गरेको छ ।

कार्यक्रम आगामी ७ सेप्टेम्वर २०१८ शुक्रबारका दिन स्थानीय समय अनुसार बिहान ११ बजेबाट सुरुहुने कार्यक्रम संयोजक छविलाल बुढाथोकीले साझा नेटवर्कलाई जानकारी दिए ।


प्रकाशित मिति : १९ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend