logo
  • शनिबार, भाद्र २० २०८३

पाँच न. प्रदेशको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा बुद्ध पाण्डे


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
प्रदेश नम्बर पाँच समन्वय परिषद कतारको पहिलो साधारणसभा सम्पन्न भएको छ । “हामी प्रदेशिको चाहना समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मुल नारा सहित पहिलो साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आइ सिसि मानर्थ सदस्य एवं प्रदेश ५ का सल्लाहकार संयोजक कमलमणि गुरागाइले प्रदेश पाँच उधोग तथा पर्यटनमा प्रचुर सम्भावना बोकेकोले त्यस्को प्रवर्द्धन गरेर समृद्ध प्रदेश बनाउन सकिने बताए ।कार्यक्रममा आइ सिसि मानर्थ सदस्य नरेन्द्र भाट, प्रबासी नेपाली मन्च कातारका उपाध्यक्ष दोर्ण बहादुर बस्नेत, नेपालि जनसम्पर्क समिती कतारका कार्यबाहक सभापति शंकर न्यौपने, नेपाली एकता समाजका केन्द्रिय सदस्य हरि प्रसाद शर्मा, तराइ मधेस लोकतान्त्रिक मन्चका हुसेन खान, आइ.सि.सि सदस्य बिमल सुवेदी, विनोद प्रसाद भट्टराई, निबर्तमान सदस्य हंसराज ढकाल क्षेत्री, एन.सि.सि. कतारका पुर्ब अध्यक्ष एवं प्रमुख सल्लाहकार विनेश तामाङ, पत्रकार माहासङ कतारका कार्यबहाक सचिब राजेश्वर ढकाल, जनजाती महासंघ कतारका माहासचिव शिव भुजेल, गण्डकी प्रदेशको तर्फ बाट पर्बत युबा सेवा समाजका अध्यक्ष चिन्तामणी पौडेल, प्रदेस नम्बर ३ बाट एन सि सि कतारका संयोजक नारायण बिस्ट, प्रदेस नम्बर २ बाट सर्लाही प्रबासी सेवा समाजका अध्यक्ष श्री पेम्बा घलान, प्रदेस नम्बर १ बाट मोरङ सुन्सरी सेवा समाजका सचिब नियम भुजेल, प्रदेस नम्बर ५ समन्वय समितीका सल्लाहकार सदस्य अर्जुन प्रसाद भट्टराई लागाएतले सुभकामना मन्तव्य राखेका थिए ।

प्रदेस नम्बर पाँच समन्वय परिसद कतारको तर्दथ समितीका अध्यक्ष बुद्ध पान्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष ठाकुर कुमार परियार र संचालन सचीव डिल्लीराम भट्टराईले गरेका थिए ।

यसैबीच प्रथम साधारण सभाले आगामी २ बर्से कार्यकालको लागि बुद्ध पान्डेको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितको प्रथम उपाध्यक्षमाठाकुर कुमार परियार, दितिय उपाध्यक्षमा अख्तर हुसेन, महासचिबमा डिल्ली राम भट्टराई, सचिबमा बलदेब राना, सचिबमा वसन्त राज पुरी, कोषाध्यक्षमा प्रकाश कोइराला र सह कोषाध्यक्षमा देब राज पुन रहेका छन ।

यस्तै समितिको सदस्यमा केशब खनाल, धर्म सिह बिक, केदार नाथ भुसाल, झबिन्द्र आचार्य, श्यम कुमार डि सि, हरि बहादुर शाहि, राम लाल खाती, ईश्वर काफ्ले, दुर्गा हमाल, अमृत बराल, शिव बहादुर बुढाथोकी र लिलाधर आचार्य रहेको निर्वाचन समितिका संयोजक क्रान्ति सिहले बताए ।

 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend