साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाल प्रवासी तामाङ समाज कतारले आयोजना गरेको “दोस्रो डम्फु साझ”मा आफ्नो प्रस्तुति दिन नेपालबाट आएका चर्चित कलाकार सशिकला मोक्तान र किर्ती तामाङ त्यस्तै अर्को शारीरिक अपाङ्ग्ता भएका व्यक्तिहरुको सहयोगार्थ आयोजना गरिएको “रमाइलो साँझ २०७५” मा आफ्नो साँगितिक प्रस्तुति दिन नेपाल देखि आएका कलाकारहरु प्रकाश कटुवाल, कमल खत्री, विबेक खतिवडा, रिया श्रेष्ठ, साना महर्जन र स्मृति गौतमलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
प्रदेश न.३ समन्वय परिषद कतारका संयोजक नन्द प्रसाद ढुङ्गानाले कार्यक्रमको सभापतित्व गरेका थिए भने सस्थाका सल्लाहकारहरु कमल घिमिरे, समीर केसी, सरोज पुडासैनी, नारायण भण्डारी तथा लगायत नेपाली प्रबासी तामाङ समाजका अध्यक्ष तिर्थ लामा, संरक्षक, प्रमुख सल्लाहकार लगायत सम्पूर्ण कलाकारहरु विशेष अतिथि रहेका थिए ।
त्यस्तै बिभिन्न व्यक्तिहरु अतिथि रहेका थिए । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले रास्ट्रका गहना मानिने कलाकारहरुलाइ कतारमा सम्म्मान गर्न पाउँदा आफुहरु खुसि रहेको बताउदै आगामी दिनहरुमा पनि प्रगतिको कामनाका गर्दै धेरै भन्दा धेरै दर्शकहरुको मन मस्तिष्कमा रहन सफल रहनुहोला भन्दै सुभकामना दिएका दिएका थिए ।
शुभकामना पश्चात् कार्यक्रममा उपस्थित अतिथिहरुले खादा ओढाएर सम्मान गरेका थिए भने कार्यक्रमका सभापति ढुङ्गानाले मायाको चिनो प्रदान गरेका थिए । सम्मान ग्रहण पछी बोल्दै कलाकारहरुले परदेशमा आफनो कार्य व्यस्तता संगै कलाकार र कलाकारिताको लागि परिषदले दिएको माया अजम्बरी रहने भन्दै हार्दिकता प्रकट गरेका थिए ।
सस्थाका सदस्य सचिब प्रकाश बोहराले सहजीकरण गरेको सम्मान कार्यक्रमको समापन गर्दै ढुङ्गानाले सबै धर्म, जात, कला सस्कृती बोकेका रास्ट्रका गहनाको सम्मान गर्न पाउदा आफु र सस्थाले गौरबान्बित महसुस गरेको बताएका थिए । कार्यक्रम नज्माको युनिक रेस्टुरेन्टमा संम्पन भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend