logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी वामिका विद्यार्थीहरुलाई छात्राबृति वितरण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, गुल्मी आषाढ १७ ।
वामी बिश्व सम्पर्क मञ्च वामीले आज वामीमा रहेका सरकारी बिद्यालयहरुका उत्कृष्ट, जेहेन्दार तथा बिपन्न बिद्यार्थी हरुलाई छात्राबृति बितरण गरेको छ । आज एक बिशेष कार्यक्रमको आयोजना गरि सम्पर्क मञ्चले ४४ बिद्यार्थीहरुलाई जम्मा जम्मी १ लाख ४ हजार रुपैया बितरण गरेको छ ।

वामीमा रहेको सबै सरकारी बिद्यालयहरु मध्ये प्राथमिक बिद्यालयका ३९ जना बिद्यार्थीहरुलाई २ हजारका दरले छात्राबृति पाएका छन । त्यसैगरी शारदा बिद्या मन्दिर माद्यामिक बिद्यालय तथा महेन्द्र आदर्श उमाबि वामीका २–२ जना उत्कृष्ट छात्र छात्राले रु ५ हजारका दरले छात्राबृति पाएका छन । उता एसएलसीमा सर्बाेत्कृष्ट नतिजा ल्याएको भन्दै मञ्चले मालिका ईग्लिस बोर्डिङ्ग सेकेन्डरी स्कुलका एक बिद्यार्थीलाई समेत सम्मान गरेको छ ।

उस्ले बिद्यार्थी कमल थापाले वामीमै उत्कृष्ट नतिजा ल्याएको भन्दै नगद रु ६ हजार हस्तान्तरण गरेको छ । बिद्यार्थी कमल थापाले केही दिन अगाडी आएको एसएलसीको नतिजामा ३.५५ जिपिए अर्थात ए ग्रेड ल्याउन सफल भएका थिए । कार्यक्रममा वामी बिश्व सम्पर्क मञ्चका अध्यक्ष ज्ञानहरी सापकोटाको अध्यक्षता रहेको थियो भने वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देविराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शर्मा, बिश्व सम्पर्क मञ्चका युगाण्डाका प्रतिनिधि रमशे कंडेल, उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्य, समाजसेबी अग्निधर लोहनी, लगायतले मन्तब्य ब्यक्त गर्दै बिश्व सम्पर्क मञ्चले वामीको बिकासको लागी चालेका कदमहरुको निकै प्रशंसा गर्नुभएको थियो । साथै उहाँले उत्कृष्ट तथा जेहेन्दार बिद्यार्थीहरुले पाएको छात्राबृतिले उनीहरुलाई झन प्रोत्साहित गर्नुपर्ने भन्दै अध्ययनको स्तरलाई अझै उत्कृष्ट बनाउँन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा आज उत्कृष्ट नतिजा ल्याएको भन्दै पुरस्कृत बिद्यालय मालिका ईग्लिस बोर्डिङ् स्कुलका प्रंद्यानाध्यापक पुस्तकलाल श्रेष्ठले स्वागत मन्तब्य प्रस्तुत गर्नुभएको थियो भने मञ्चका सचिब सरोजराज बौद्धाचार्यले सञ्चालन गर्नु भएको थियो । आज बितरण गरिएको सम्पुर्ण छात्राबृतिको प्रयोजन वामी ६ दाल्का घर भई हाल युनाइटेड स्टेटमा रहनुभएको हेमु बोहोराले गर्नुभएको थियो ।

उहाँले जम्माजम्मी १ लाख १० हजार रुपैया पठाउनुभएको मञ्चका कोषध्यक्ष महेश्वर घिमिरेले जानकारी दिनुभयो । साथै उहँँले गत बर्ष पनि छात्राबृति बितरणको लागी आफ्नो ब्यक्तिगत रकम प्रंदान गर्नुभएको थियो । यसैबिच वामी बिश्व सम्पर्क मञ्चले वामीको बिकासको लागी निकै पहिले देखी नै काम गर्दै आइरहेको छ । केही दिन अघि मात्र उस्ले वामीमा ४ बिद्यालयहरुलाई ११ लाख रुपैया हस्तान्तरण गरेको थियो ।

शारदा बिद्या मन्दिर माबि वामि मैदान र महेन्द्र आदर्श उमाबि वामीलाई ४–४ लाख तथा जनज्योती प्राबि शेरा र लक्ष्मीनारायण प्राबि वामी १ पल्टारलाई १ लाख पचास हजार रुपैया हस्तान्रतण गरेको थियो । भने भुकम्प पिडीत वामीका स्थानीयहरुलाई पनि केही महिना अगाडी राहात बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend