logo
  • शनिबार, भाद्र २० २०८३

सिरियामा सुरक्षाबल र जिहादीबीच भीडन्त, ७० जनाकाे मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सिरिया, आषाढ १७ ।
उत्तरी सिरियामा सरकारी सुरक्षाबल र जिहादीबीच भएको झडपपछि सेनाले गरेको जवाफी कारबाहीको क्रममा कम्तीमा ७० जना मारिएका छन् ।

यसमा परी सरकारी सैनिक र विद्रोही लडाकूहरु मारिएका बताइएको छ । गत २४ घण्टायता गरिएको यस कारबाहीमा ती व्यक्तिको मृत्यु भएको मानवअधिकारवादी समूहले जनाएको छ ।अलेपोको अल मलेहमा भएको यस कारबाही र झडपमा परी ३० जना सरकारी सैनिक र ३९ जना विद्रोही लडाकू मारिएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

यसमा परी मारिनेहरुमा अल नुस्रा फ्रन्ट र अल कायदाका आतङ्ककारीहरु परेका अब्जभेटरीका प्रमुख रामी अब्दुल रहमानले बताएका छन् । यस झडपको क्रममा विद्रोहीले सरकारी बललाई लक्ष्यगी दुई वटा कारबम आक्रमण गरेको जनाइएको छ ।

अब्जभेटरीका अनुसार अलेपो विद्रोहीको बलियो प्रभाव रहेको नगर हो । सरकारी सुरक्षाबलद्धारा गरिएको बम आक्रमणमा दुई बालबालिकाको पनि मृत्यु भएको छरासस/एएफपी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend