साझा नेटवर्क

पशुपति श्रेष्ठ
लुधियाना,भदौ ५ गते । १२ सेप्टेम्बरका दिन पिटिसी जाऔँ महिलाहरुको महान चाड हरितालिका तिज भव्यरुपमा मनाऔँ” भन्ने मुल नारा सहित प्रवासी नेपाली संघ र अखिल भारत नेपाली एकता मञ्च भारत लुधियानले संयुक्त रुपमा तिज कार्यक्रमको आयोजना गर्ने भएका छन ।
वर्षको एकपटक आउने महिला हरुको महान चाड हरितालिका तिजमा महिलाहरु आफ्नो माइती घरमा गई वर्षभरिका दु:ख सु:ख एक आपसमा साटासाट गरि रमाइलो गर्दै सदियौ देखी मनाउदै आएको तिजलाई जगेर्ना गर्दै हरेक वर्ष भारतका यि ठुला संगठनहरुले छुट्टाछुट्टै मञ्चमा मनाउदै आएका थिए भने, अहिले एउटै मञ्चबाट मनाउने भएका हुन ।
अहिले देशमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकता गरि नेपाल कम्युनिस्ट पार्टी बनेपछी भारतमा रहेको एमालेको भातृ संगठन प्रवासी नेपाली संघ र माओवादी केन्द्रको अखिल भारत एकता मञ्चले यहि आउदो सेप्टेम्बर १९ तारिखका दिन एकता गरि एउटै नेकपाको भातृ संगठन बनाउदै छन ।
एकता नै बल हो एकता नै शक्ती हो एकता नै भविष्य हो एकता नै अनिवार्य हो भन्ने उद्घोषका साथ दुवै संगठन एक हुने घोषणा हुनु पुर्व नै एकता तयारीको संदेश प्रवासी नेपाली जनसमुदायहरुलाई दिनको लागी तिज कार्यक्रमको आयोजना गर्न लागिएको पदम केसिले जानकारी दिनु भयो ।
कार्यक्रम यहि आउदो सेप्टेम्बर १२ तारिख बुधबार पञ्जाव ट्रेड सेन्टर नजिकै ढोलेवाल मन्जु सिनेमाहलको सामुन्ने मिलरगंज लुधियानामा दिउसो १२ बजे बाट सुरु हुने हरिराम घिमिरेले बताउनु भयो , कार्यक्रमलाई आर्थिक, नैतिक,भौतिक रुपमा सहयोग गर्दै कार्यक्रमलाई भव्य ,सव्य गराउन प्रवासी नेपालीहरुलाई दुवै संगठनले अपिल गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend